Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरसको नयाँ लक्षण : कोरोना संक्रमितको दाँत झर्न थाल्यो !

कोरोना भाइरसको नयाँ लक्षण : कोरोना संक्रमितको दाँत झर्न थाल्यो !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७७ सोमवार • १६:१७:०३ बजे
  • 3.8K
    SHARES
  • कोरोना भाइरसको नयाँ लक्षण : कोरोना संक्रमितको दाँत झर्न थाल्यो !

    एजेन्सी । कोरोना भाइरसको नयाँ लक्षण फेला परेको छ । कोरोना भाइरस संक्रमितका दाँतमा पनि गम्भीर समस्या देखिने गरेको अनुसन्धानबाट खुलेको छ । संक्रमितको दाँत झर्ने नयाँ समस्या देखिएको न्युयोर्क टाइम्सले जनाएको छ । वैज्ञानिकहरुले यस विषयमा थप अनुसन्धान गरिरहेका छन् ।

    images

    अमेरिकाको न्युयोर्कका ४३ वर्षीय व्यक्तिमा यस्तो समस्या देखिएको छ । उनले खाना खाएपछि खाइने ‘ब्रेथ मिन्ट’ खाएपछि दाँतमा अनौठो झट्का महसुस भएको बताए । दाँत छामेर हेर्दा हल्लिरहेको र आफूले मिन्टकै कारण त्यस्तो समस्या भएको अनुमान लगाएको बताए । तर, अर्को दिन उनको दाँत झर्यो ।

    यसरी दाँत झर्दा दुखाइ पनि नहुने र रगत पनि नआउने गरेको पाइएको छ । उनी केहीदिन अघिमात्र कोरोना संक्रमित भएका थिए । उनले यस्तै समस्या भएका अन्य व्यक्ति पनि अनलाइनमा फलो गरेको जानकारी दिएका छन् । यसअघि कोरोनाका कारण दाँत झर्ने समस्या भएको पाइएको थिएन ।

    उटाह विश्वविद्यालयका डा.डेभिड ओकानोले अचनक दाँत खस्नु आश्चर्य भएको भन्दै यसको असर दूरगामी हुनसक्ने भएकाले अनुसन्धान सुरु गरिएको बताएका छन् । अन्य विज्ञहरुले पनि यो विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेकोमा जोड दिएका छन् ।

    यसअघि सन् २०१२ मा गरिएको अध्ययन अनुसार पेरिओडेन्टल डिजिजका कारण पनि दाँत कमजोर भएर खस्ने कुरा पत्ता लागेको थियो । तर, अन्य रोगमा यस्तो समस्या हुने गरेको थिएन ।

    अमेरिकामै १२ वर्षीय बालकमा पनि कोरोना संक्रमणपछि दाँत खसेको पाइएको छ । उनको विषयमा पनि अनुसन्धानकर्ताले थप अनुसन्धान जारी राखेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्वास्थ्य वैज्ञानिकहरुले प्रारम्भिक अनुसन्धानबाट कोरोनाको नयाँ लक्षणकारुपमा दाँत झर्ने समस्या भएको पत्ता लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology