Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई दर्जन नेपाली पासपोर्टसहित एक पक्राउ

दुई दर्जन नेपाली पासपोर्टसहित एक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०७७ सोमवार • २०:१२:४८ बजे
  • 1.4K
    SHARES
  • दुई दर्जन नेपाली पासपोर्टसहित एक पक्राउ

    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा स्थित सीमा ईलाकाबाट मंसीर १४ गते एपीएफ टोलीले २४ वटा नेपाली पासपोर्टसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २६ वर्षीय चन्दनप्रसाद रौनियार छन् ।

    images

    उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा युक्रेनको भिषा लागेको ५ वटा तथा अन्य १९ वटा नेपाली पासपोर्ट फेला परेपछि पक्राउ गरिएको हो ।

    पक्राउ परेका निज रौनियारलाई बरामद पासपोर्टसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाईएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology