पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका १ हजार ३ सय ४ जनासहित कुन कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ७३ जनाले कोरोना संक्रमण जितेका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।