जिल्ला प्रहरी कार्यलय म्याग्दीमा (हाल सरुवा) कार्यरत प्रहरी निरिक्षक धु्र्ब शर्माको चलाखी पुर्ण कार्यको पर्दाफास भएको छ। बिगत १ बर्ष देखी जिल्ला प्रहरी कार्यलयको अनुसन्धान प्रमुखको जिम्मेवारी समाल्दै आएका शर्माले जिल्ला स्थित एक सरकारी कार्यलयमा कार्यरत स्मृर्ति सुबेदीका साथ लामो समय प्रेमको नाटक गरी शारीरीक शोषण गरेको,यही क्रममा सुबेदीको पेटमा बसेको बच्चालाई पदिय हैसियतको दुरुपयोग गरेर धम्काई थर्काई झुक्काई कुश्मा पुर्याएर अबैध रुपमा गर्भपतन गराईएको र यस सम्बन्धी बिषयहरु बिस्तारै बाहिर आउन थाले पछी संभाबित कानुनी अफ्ठ्याराहरु बाट बच्न स्मृर्ति संग बिबाहको झुट्टो नाटक गरी बिबाहको केही दिन बाट नै सम्बन्ध बिच्छेदका लागी करकाप र डर धम्की दिएको लगाएतको कुकृत्यहरुको पर्दाफास भएको थियो।
केही हप्ता देखी शर्माको जालझेल र षडयन्त्रहरुका बिरुद्द बिभिन्न जालझेलका प्रमाण सहित गर्भपतन समेतको काजजात बोकेर न्यायका लागी भौतारिएकी स्मृर्ति शर्माले मयूरपाटी अनलाईन टि भी संग कुरा गर्दै आफुलाई श्रीमानले शारीरीक,मानसिक तनाब दिई सम्बव्ध बिच्छेदका लागी दबाब दिईएको जानकारी दिए पछी औपचारीकरुपमा यो घटना बाहिर आएको थियो।
स्मृर्ति लाई गर्भ अबस्थामा छाडी अर्को बिहे गर्ने तयारीमा थिए । धुर्ब न्याय दिनु पर्ने ठॅाउमा बसी आफैले चरम अन्याय गरेका प्रहरी निरिक्षक धु्र्ब पुर्ब प्रेमी तथा हालकी श्रीमती स्मृर्ती लाई अबैध गर्ब रहेकै बेला आफु चॅाही बेनी बजारकै अर्की केटी संग बिहे गर्ने,तयारी स्वरुप धुमधाम संग पोखरामा पुगेर ईन्गेजमेन्ट गरेको खुलेको छ। स्मृर्तीले पटक पटक मेरो पेटमा तपाईको बच्चा छ भन्दा पनि उल्टो धम्काई थर्काई नटेरी अर्को केटी संग ईन्गेजमेन्ट गरेको यद्दपी स्मृर्तीको पेटमा उनको बच्चा रहेको कुरा स्मृर्तीको परिवारले थाहा पाए पछी बाध्य भएर स्मृर्ती संग बिबाह गरेका थिए भने ईन्गेजमेन्ट भएको बिबाह रद्द भएको थियो।
संभाबित कानुनी कार्बाही बाट बच्नका लागी बिबाह गरेका थिए शर्माले आफ्नो पदको मर्यादा भुलेर बिबाह पु्र्व नै प्रेमको बाहनामा स्मृर्तीलाई गर्बधारण गराएको निरिक्षक शर्माले अबैध गर्भ देखी थुप्रै बिषयहरु बाहिर आए पछी संभाबित कानुनी कार्बाहीलाई खुकुलो गराउनका लागी कानुनबिद कै सल्लाहमा हतार हतार बिबाह दर्ता गरेको गरेको खुलेको छ। यथा स्थितिमा नै यो बिषय बाहिर सार्बजनिक भएमा बलत्कार जस्तो गम्भिर मुद्दा पनि कानुन अनुशार आकर्षित हुने ठानेर कानुन ब्यबसायीकै सल्लाहमा भुमिगत शैलिमा बिबाह गरी हतार हतार दर्ता गरेको र बिबाह गरे पछी कानुनी रुपना अंश या केही पैसा दिएर सम्बन्ध बिच्छेद गर्न सजिलो हुने हुदा यसै अनुसार बिबाह भएको भोलीपल्टै बाट सम्बन्ध बिच्छेद मागेको स्मृर्तीले मयूरपाटी संगको कुराकानीमा बताएकी छिन।
सुरुमा शर्माले गर्भवति रहेकी स्मृर्तिलाई पन्छ्याउनका लागी बजारका केही ब्यबासायी,ठेकदार लगाएत प्रहरीका तल्ला तहका कर्मचारीहरुलाई लगाए उनिहरुले प्रलोभन मात्र देखाएनन कतिले त नजानिदो पाराले धम्काए पनि तर स्मृर्तिले कसै गरे पनि नमाने पछी शर्मा विवाहको लागी राजी भएका थिए। विवाह पश्चात स्मृर्तिले पटक पटक आफुलाई घरमा लगेर राख्न अनुरोध गर्दा मेरो परिवार बाहुन हो तिमी क्षेत्रीनी हौ मेरो परिवारले स्विकारदैन भन्दै बजारमै कोठा भाडामा लिएर राखेपनि दैनिक घर ब्यबहार संचालनका लागी कुनै प्रकारको जिम्मेवारी नलिएको स्मृर्तिले बताईन।
पछिल्लो पटक आफ्नो पोखरा सरुवा भएको र संगै पोखरा जाने बताएका शर्माले श्रीमति संग कुनै पनि छलफल नगरी सुटुक्क रमाना पत्र लिएर सम्पर्क बिहिन भए पछी स्मृर्ति आफ्नो श्रीमान खोजी पाउॅ भन्दै पटक पटक जील्ला प्रहरी कार्यलय म्याग्दी पुगे पछी डिएसपी साबले बोलाएर तिन दिन पछी सम्पर्कमा पुगेका शर्माले आफु संगै बस्न नसक्ने र आफुले सम्बन्ध बिच्छेदका लागी जिल्ला अदालत बाग्लुंगमा कानुनी प्रक्रिया अगाडी बढाएको जानकारी दिएको थिए ।

यसै बिच आज स्मृर्ति शर्माले पिडक श्रीमान धुर्ब शर्माका बिरुद्द दुई वटा आरोप सहित मुद्दा दर्ता गरेकी छिन ।
शुरुमा मिलापत्र गर्ने भन्दै मुद्दा दर्ता गर्न आनकानी गरेको जिप्रका म्याग्दी बिभिन्न संघ संस्था तथा सामजिक संजालमा चर्को बिरोध आए पछी आज बाध्य भएर बहुबिबाह र भ्रूण हत्याको आरोपमा मु्द्दा दर्ता गर्न बाध्य भएको युवा अभियान्त सतिस श्रेष्ठले जानकारी दिएका छन।
प्रारम्भिक चरणमा मु्द्दा दर्ता भएको छ हाम्रो अबको लडाई न्यायको लडाई हो छोरी चेलीलाई फकाई फुलाई सम्बन्ध कायम गर्ने र पैसा र पावरका भरमा बस्तु जस्तै किन बेच गर्न खोज्ने प्रबृत्ति बिरुद्दको लडाई हुनेछ ।हामी बाहिर सोचे जस्तै अलिकति पैसा या सम्पत्तिमा यो मुद्दा टुग्याउंने पक्षमा छैनौ । हामीले कम्तिमा भाबवना माथी गरिएको बिश्वाशघात र मान्छेको आकार लिदै गरेको अबोध भ्रुण हत्याको सजाए पाउन पर्छ, त्यसका लागी कम्तिमा पनि यस्ता अनैतिक मान्छेहरु प्रहरी संगठन जस्तो गरिमामय संगठनमा बस्न पाउनुहुन्न उस्लाई तुरुन्त बर्खास्त गरी कानुनी र ब्यबाहारीक दुवै हिसाबले कारबाही हुनु पर्छ, भन्ने हाम्रो माग हो स्मृर्तिको दिदी स्तुती श्रेष्ठले मु्द्दा दर्ता भए पछी मयूरपाटी संग संक्षिप्त प्रतिक्रिया दिदै बताएकी छन।
पिडित स्मृर्ती शर्माको तर्फबाट बहुबिबाह र भ्रुण हत्याको आरोपमा जाहेरी आएको र कार्यलयको तर्फबाट दर्ता गरेर अनुसन्धानको प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख किरण जंग कुवरले जानकारी दिएका छन।