Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाईमारा सडकखण्डमा जन्ती चढेको गाडी दुर्घटना,१३ घाइते

गाईमारा सडकखण्डमा जन्ती चढेको गाडी दुर्घटना,१३ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०७७ बिहिवार • ०९:५९:२६ बजे
  • 1.3K
    SHARES
  • गाईमारा सडकखण्डमा जन्ती चढेको गाडी दुर्घटना,१३ घाइते

    धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।

    images

    बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

    बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology