Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कटारीमा शक्तिशाली बम विस्फोट, चारजना घाइते

कटारीमा शक्तिशाली बम विस्फोट, चारजना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • ०९:३६:०० बजे
  • 1.3K
    SHARES
  • कटारीमा शक्तिशाली बम विस्फोट, चारजना घाइते

    उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क्रममा लडेर चारजना मजदुर घाइते भएका छन् । ’

    बम विस्फोट कसले गराएको ? किन गराएको भन्ने बारे अज्ञात रहेको प्रहरीको भनाइ छ । घाइते चारैजनलाई कटारी अस्पताल ल्याइएको र घाइतेको अवस्था सामान्य रहेको एसपी दाहालको भनाइ छ । ‘प्रहरीको टोली जाँदै छ,’ उनले भने, ‘प्रहरीको टोली पुगेपछि सम्पूर्ण क्षतिकाे विवरण आउँछ ।’

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology