उदयपुरमा रहेको सौर्य सिमेन्टको खानी क्षेत्रमा अज्ञात समूहद्वारा ४ वटा बम विस्फाेट गराइएकाे छ । इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार चार वटा विस्फोट भएको र शंकास्पद बस्तु दुईवटा अझै बाँकी रहेकाले डिस्पोजल टोलीसमेत बोलाइएको छ । बम विस्फोटपछि डराएर भागेका खानीका पाँचजना कर्मचारी घाईते भएका छन् ।
भाग्नेक्रममा दुर्गाबहादुर तामाङ्ग, विष्णुबहादुर मगर, शिव कुमार मोक्तान, सागर मोक्तान र नविन मगर घाईते भएका हुन् । उनीहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको कटारी भण्डारी क्षेत्रीले जानकारी दिए । बम विस्फोटमा परी ४ वटा खानीका स्काभेटर र एउटा मोटरसाईकलमा क्षति पुगेको छ । उनका अनुसार बम विष्फोटबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य ३ वटामा समेत सामान्य क्षति पुगेको छ ।
घटनास्थलाई अहिले प्रहरीले सुरक्षा गरिरहेको पनि डिएसपी भण्डारी क्षेत्रीले जानकारी दिए । स्थानीयको पूर्ण रुपमा क्षति पुगेको मोटरसाईकलको नम्बर खुल्न सकेको छैन । खानी नगरपालिकाको पहाडी ग्रामिण भेगमा पर्दछ ।