Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १,२७२ जनामा कोरोना संक्रमण : १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १,२७२ जनामा कोरोना संक्रमण : १६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • १७:४७:४३ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा १,२७२ जनामा कोरोना संक्रमण : १६ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

    images

    मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका १ हजार २ सय ७२ जनासहित देशभर कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यीमध्ये १५ हजार ४ सय ४७ जना अहिले सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १६ जना मृतक थपिएसँगै कोरोना संक्रमित मृतको संख्या १ हजार ५ सय ६७ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology