Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

टोकियो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

टोकियो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७७ शुक्रवार • १७:५३:१९ बजे
  • 1.9K
    SHARES
  • टोकियो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

    एएफपी । कोरोना भाइरस महामारीका कारण स्थगित भएको टोकियो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ ।

    images

    आयोजक समिति टोकियो २०२० ले खेलमा भएको ढिलाइका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोना भाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ ।

    डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाइ छ ।

    टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

    यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोकियो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology