Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हुम्लामा बोलेरो जीप दुर्घटनामा परी ४ जनाको मृत्यु, एक बालकसहित ७ घाइते

हुम्लामा बोलेरो जीप दुर्घटनामा परी ४ जनाको मृत्यु, एक बालकसहित ७ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७७ शनिवार • ०९:२३:१३ बजे
  • 2.0K
    SHARES
  • हुम्लामा बोलेरो जीप दुर्घटनामा परी  ४ जनाको मृत्यु, एक बालकसहित ७ घाइते

    बोलेरो जीप दुर्घटनामा परी हुम्लाको सिमकोट गाउपाँलिका ७ डाडाफयामा चारजनाको मृत्यु भएको छ, भने सातजना घाइते भएका छन् । गएको शुक्रबार राती लु २ च २१०२ नम्वरको बलेरो जीप हेप्काखोलाबाट बिरामी लिएर सिमकोट आउनेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक सिताराम बिष्टले
    दुर्घटनामा परि मृत्यु हुनेमा एक महिला र तीनजना पुरुषको मृत्यु भएको बताए । मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ ।

    images

    दुर्घटनामा परी एक बालकसतित सात जना घाइते भएका छन् । बिष्टका अनुसार घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

    घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । बलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । दुर्घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology