Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बहुविवाहको आरोपमा वडाध्यक्ष कुमाई पक्राउ

बहुविवाहको आरोपमा वडाध्यक्ष कुमाई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २०, २०७७ शनिवार • ११:१९:५३ बजे
  • 2.2K
    SHARES
  • बहुविवाहको आरोपमा वडाध्यक्ष कुमाई पक्राउ

    सल्यान। बहुविवाहको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाई पक्राउ परेका छन्। बहुविवाह आरोपमा बन्गाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई कान्छी श्रीमतीसँगै पक्राउ परेका हुन्। स्थानीयले बहुविवाह गरेको भन्दै उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष कुमाईलाई जयतपानी बजारबाट पक्राउ गरेको हो।

    images

    स्थानीयले उजुरी दिएसँगै जिल्ला अदालत सल्यानबाट पक्राउ पुर्जी लिएर वडाध्यक्ष कुमाई र उनकी कान्छी श्रीमती भनिने ग्वामी बिष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य सल्यानका डीएसपी गोबिन्द थापाले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

    वडाध्यक्ष कुमाईले तिहारको दिनमा ग्वामी विष्टलाई भगाएका थिए। उनले विष्टका श्रीमानलाई ३ लाख ८० हजार नगद जारी तिरेर वहुविवाहको केस गाउँमै मिलाउने प्रयास समेत गरेका थिए। उनका दुई श्रीमती पहिले नै छन्।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology