Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिस नेपाल २०२०

अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले जिते मिस नेपालको उपाधि

अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले जिते मिस नेपालको उपाधि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २०, २०७७ शनिवार • २१:२७:०० बजे
  • 1.9K
    SHARES
  • अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले जिते मिस नेपालको उपाधि
    नम्रता श्रेष्ठ मिस नेपाल बनेकी छन्। शनिबार अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि जितेकी हुन्। अब उनले मिस वर्ल्ड २०२० मा सहभागी हुन पाउने छिन्। 

    मिस नेपाल सुपरनेशनल सिमल कान्यूजिया मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस नेपाल अर्थ  सुप्रिया श्रेष्ठ विजेता घोषणाभएका छन्। 

    मिस नेपाल विजेता नम्रतालाई शनिबार मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले क्राउन पहिराइ दिएकी छन्। नम्रताले नगद २ लाख ५ हजार रुपैयाँ प्राप्त गरेकी छन्।

    यस्तै ब्युटी विथ पर्पस र मिस पपुलर च्वाइस अवार्डको उपाधि सन्ध्या शर्माले जितेकी छिन्  

    मिस हेल्दीको उपाधि नेहा सरकारले उचाल्दा मिस फोटोजेनिकको उपाधि आस्तिका श्रेष्ठले जितेकी छिन्। मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले जितेकी छिन् भने मिस स्टाइलिस मेरिसा सिंह सुवालले जितेकी छिन्

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology