डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन
जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दिपायलबाट चवराचौताराका लागि हिडेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी र उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । त्यस्तै मृतक मन्जु त्रिपाठीका चार वर्षीय छोराको उपचारका लागि दिपायल लैजाने क्रममा बाटोमा मृत्यु भएको छ । घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम घाइते भएका छन् ।
भिरबाट करिब २०० मिटर तल खस्दा मृतक र घाइतेहरूको विवरण तयार हुन सकेको छैन । घाइतेको उद्धार र मृतकको शव सङ्कलनको कार्य जारी रहेको छ । घाइतेहरूको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरिएको छ । दिपायलबाट खत्याडीका लागि हिडेको जीप दुर्घटना भएको हो । घाइतेहरूलाई दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए । दुर्घटना स्थलमा ईन्सपेक्टरको नेतृत्वको टोली घटनास्थल तर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।