Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कार दुर्घटनामा , एक युवतीको ज्यान गयो

कार दुर्घटनामा , एक युवतीको ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७७ आइतवार • ०९:३६:४९ बजे
  • 1.5K
    SHARES
  • कार दुर्घटनामा , एक युवतीको ज्यान गयो

    भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

    images

    प्रहरीका अनुसार भक्तपुरबाट काठमाण्डौ जाँदै गरेको बा ८ च ४७५६ नम्बरको कार गएराति पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएको थियो ।

    कार कसले चलाएको र कति जना थिए भन्ने बारे केही खुलेको छैन ।मृत्यु भएकी युवतीलाई कारभन्दा बाहिर बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology