Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जापानमा कार दुर्घटना परी नेपाली युवाको निधन,दुईजना घाइते

जापानमा कार दुर्घटना परी नेपाली युवाको निधन,दुईजना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • ०९:३८:१७ बजे
  • 1.3K
    SHARES
  • जापानमा कार दुर्घटना परी  नेपाली युवाको निधन,दुईजना घाइते
    जापानमा कार दुर्घटना परी एक नेपाली युवाको निधन भएको छ ।आफैंले चलाएको कार होक्काइदोको कितामी सहरमा दुर्घटना हुँदा  सिन्धुपाल्चोक जिल्ला घर भएका वीरेन्द्र तमाङको निधन भएको हो ।

    कार दुर्घटनमा अन्य दुईजना घाइते भएका छन् । घाइते दुवै जना नेपालीहरु भएको र उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ । कारमा घिमिरे थरकी एक नेपाली महिला र विनोद विष्ट सवार रहेका थिए ।

    कार दुर्घटनामा परी निधन भएका तामागंले गत बर्ष नेपाल गएर विवाह गरेर आएका थिए । हाल एक्लै जापानमा रहँदै आएका तमाङले केही समयअघि मात्र कार किनेका थिए भने गत वर्ष विद्यार्थीबाट वर्किङमा भिसा परिवर्तन गराएका थिए ।

    कार दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङलाई अस्पताल लगिए पनि उपचारको क्रममा दुईघण्टापछि अस्पतालले मृत घोषणा गरेको थियो ।निधन भएका तमाङ नाकासिबेचु चो योरोसिमा कार्यरत रहेका थिए ।
    प्रहरीका अनुसार तीनै जना आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै थिए ।डिसेम्बर ३ तारिख दिउँसो करिब ३ बजेर ३० मिनेटको समयमा भएको थियो । कार सडक किनार देब्रेपट्टिको सडक चिन्हमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ ।

    दुर्घटनाको सम्बन्धमा आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कार दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology