Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हास्यकलाकार मनोज गजुरेल दोस्रो बिहेको तयारी

हास्यकलाकार मनोज गजुरेल दोस्रो बिहेको तयारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २२, २०७७ सोमवार • १०:०४:१७ बजे
  • 1.7K
    SHARES
  • हास्यकलाकार मनोज गजुरेल दोस्रो बिहेको तयारी
    हास्यकलाकार मनोज गजुरेल दोस्रो बिहेको तयारीमा रहेका छन । पहिलो श्रीमति मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।

    महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ । दुई वर्षअघि हास्यकलाकार गजुरेलले पत्नी मिनासँग सम्बन्धबिच्छेद गरेका थिए ।  आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए । 

    सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए । 

    २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology