पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १४ नयाँ संक्रमित फेला परेका छन् ।आज ६ हजार २२० नमुनाको परिक्षण गर्दा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार आज एक हजार १४ जना नयाँ संक्रमित थपिए संगै हाल सम्म २ लाख ४१ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो २४ घण्टामा १६ सय २८ जना कोरोना संक्रमणमुक्त भइ घर फर्केका छन् । आज १६ सय २८ जना कोरोना मुक्त भएसंगै हाल सम्म २ लाख २७ हजार ४ सय ३३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थप २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस्तै हालसम्म १६ सय १४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।