Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्याराग्लाइडिङको सफल परीक्षणपछि बागलुङका पाँच स्थानमा प्रारम्भिक पूर्वाधार निर्माण

प्याराग्लाइडिङको सफल परीक्षणपछि बागलुङका पाँच स्थानमा प्रारम्भिक पूर्वाधार निर्माण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २४, २०७७ बुधवार • ०९:२६:१४ बजे
  • 1.8K
    SHARES
  • प्याराग्लाइडिङको सफल परीक्षणपछि बागलुङका पाँच स्थानमा प्रारम्भिक पूर्वाधार निर्माण
    बागलुङ — गत वर्ष प्याराग्लाइडिङको सफल परीक्षण भएपछि जिल्लाका पाँच स्थानमा प्रारम्भिक पूर्वाधार निर्माणको काम थालिएको छ ।

    बलेवाको मुसुराबारी, भकुन्डेको मुलाबारी, पञ्चकोट, गलकोटको राम्चेढुंगा र निलुवामा काम सुरु भएका हुन् । मुसुराबारीमा मंगलबार रनवेको पूर्वाधार निर्माण थालिएको छ ।

    गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षका लागि २० लाख लगानी गरेर प्रारम्भिक पूर्वाधार थालेको हो । मन्त्रालयले २ करोड लागतमा गण्डकी प्रदेशका पाँच स्थानमा प्याराग्लाइड निर्माण गर्ने योजनाअनुसार काम सुरु भएको हो । प्रदेशबाट सूचीकृत भकुन्डेबाट मुसुराबारी नजिकमा पर्छ । यहाँबाट यसअघि नै सफल परीक्षण भएको छ । बागलुङ र पर्वतका प्रायः स्थलको दृश्यावलोकनसहित प्याराग्लाइडिङ गर्न सकिन्छ । नियमित उडान गर्न बागलुङ नगरपालिका–१०, ११, १२, १३ र १४ ले संयुक्त प्रयास गरेका थिए । भकुन्डेस्थित मुलाबारीबाट पनि उडान गर्न सकिने गरी परीक्षण भएको वडा नम्बर १० का अध्यक्ष प्रेमबहादुर थापाले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेकाले पर्यटन मन्त्रालयले प्रदेशका पाँच स्थानमा प्याराग्लाइड सेवा विस्तार गर्ने योजना बनाएको थियो ।

    चालु आर्थिक वर्षमा २ करोड बजेटबाट पाँचै स्थानमा प्रारम्भिक पूर्वाधार बनाइने उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology