Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उडानमा लापरवाही गर्ने राष्ट्रिय पाराग्लाईडिङ खेलाडी युकेश गुरुङ सहित आठ पारा पाइलटलाई कारवाही

उडानमा लापरवाही गर्ने राष्ट्रिय पाराग्लाईडिङ खेलाडी युकेश गुरुङ सहित आठ पारा पाइलटलाई कारवाही

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २४, २०७७ बुधवार • ०९:५७:४४ बजे
  • 1.4K
    SHARES
  • उडानमा लापरवाही गर्ने राष्ट्रिय पाराग्लाईडिङ खेलाडी युकेश गुरुङ सहित आठ पारा पाइलटलाई कारवाही
    काठमाडौं । पाराग्लाइडिङ उडानमा लापरवाही गरेको भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आठ जना पारा पाइलटलाई कारवाही गरेको छ ।

    क्यानले उनीहरुलाई अनिश्चितकालका लागि उडानमा निषेध गर्दै तीन दिनभित्र काठमाडौंमा उपस्थित हुन पत्राचार समेत गरेको छ ।

    ती पाइटलहरुले उडानको समयमा निषेध गरिएका क्रियाकलाप गरेको भन्दै क्यानले स्पष्टीकरणको लागि बोलाएको हो ।

    दुई साताअघि पोखरामा पाराग्लाइडिङ उडानकोक्रममा दुर्घटनामा परि पाइलट राजु विकको मृत्यु भएपछि विभिन्न तीनवटा समितिले छानबिन र अनुसन्धान गरिरहेका छन् ।

    प्रारम्भिक अनुसन्धानमा फूल टिपेर यात्रुलाई दिने क्रममा दुर्घटना भएको भनिएको छ । तर, कुनै पनि समितिले प्रतिवेदन बुझाइसकेका छैनन् ।

    उक्त दुर्घटनापछि नै क्यानले सोही गतिविधि दोहो¥याएको भन्दै आठ जना पाइलटलाई एकैपटक उडान निषेध गरि अनुसन्धानमा बोलाएको हो ।

    अनुसन्धानमा बोलाइएका आठ पाइलटमध्ये एकजना राष्ट्रिय पाराग्लाईडिङ खेलाडी युकेश गुरुङ पनि छन् ।

    उनी सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जित्ने खेलाडी हुन् ।

  • सम्बन्धित विषय:

  • # पाराग्लाईडिङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology