Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको खाेप चीन र भारतबाट ल्याउने सरकारी तयारी

कोरोनाको खाेप चीन र भारतबाट ल्याउने सरकारी तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७७ बुधवार • ०९:५८:५७ बजे
  • 1.9K
    SHARES
  • कोरोनाको खाेप चीन र भारतबाट ल्याउने सरकारी तयारी

    नेपालले कोरोनाविरुद्धको खोप भारत र चीनबाट ल्याउने भएको छ। कोरोनाविरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल हुनासाथ भारत र चीनबाट खोप ल्याउने तयारी गरिएको हो । दुई छिमेकी देशबाट खोप ल्याउँदा २० प्रतिशत खोप निशुल्क प्राप्त हुनेछ ।

    images

    अमेरिकी कम्पनी फाइजरले बनाएको खोप आपतकालीन प्रयोग गर्न खोजेपनि नेपालले स्विकृति दिएको थिएन। सो कम्पनीले बनाएको खोप धेरै महंगो र भण्डारणमा समेत समस्या पर्ने देखिएकाले अब नेपालमा भारत र चीननिर्मित खोप उपयुक्त हुने पाटन अस्पतालमा कार्यरत डा. बुद्ध बस्नेतले बताए। उनी औषधी विज्ञानमा अनुसन्धानरत चिकित्सक हुन्‌।

    त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाको आनुवंशिक संरचना अध्ययन गरिसकेको र त्यसको निष्कर्षले यहाँ फैलिएको भाइरस भारत र साउदी अरेबियामा फैलिएको भाइरसको प्रकृतिसँग मिल्दोजुल्दो रहेको बताएको थियो।

    मन्त्रालयको कोभिड भ्याक्सिन सल्लाहकार समितिले नेपालमा भ्याक्सिन पाउने मानिसको संख्या, आवश्यक भ्याक्सिनको परिमाण, लागत टुंगो लगाइसकेको छ। नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ।

    कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत र बाँकी खर्च सरकारले ब्यहोर्दा कोरोना विरुद्धको खोपमा ४८ अर्ब रुपैयाँ बराबर खर्च लाग्ने अनुमान मन्त्रालयले गरेको छ। कोभ्याक्स फ्यासिलिटीमा खोपमा काम गर्ने संस्थाहरु विश्व स्वास्थ्य संगठन, गाभीलगायतका संस्था आवद्ध छन्‌।

    नेपालमा शुरूमा २० प्रतिशत भ्याक्सिन निस्शुल्क ल्याइनेछ। पहिलो चरणमा ल्याइने ३ प्रतिशत भ्याक्सिन जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई दिइनेछ।

    बाँकी १७ प्रतिशत भ्याक्सिन सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने व्यक्ति, दीर्घरोगी र वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई लगाइने योजना सरकारले बनाएको छ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology