Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिलालाई जवर्जस्ती ‘यौन सम्पर्क गर्न’ खोजेपछि शिक्षक पक्राउ

महिलालाई जवर्जस्ती ‘यौन सम्पर्क गर्न’ खोजेपछि शिक्षक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७७ बुधवार • १३:३५:०५ बजे
  • 1.5K
    SHARES
  • महिलालाई जवर्जस्ती ‘यौन सम्पर्क गर्न’ खोजेपछि शिक्षक पक्राउ

    महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला एक शिक्षकले महिलामाथि जवर्जस्ती करणीको प्रयास गरेपछि पक्राउ परेका छन् ।

    images

    सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ चिलाउनेमा भएको विवाहमा पाहुना आएकी धनुषाकी महिलालाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक सञ्जय साह पक्राउ परेका हुन् ।

    मंगलबार बिहानसो घटना भएको थियो । बिहान ४ बजे पिशाव फेर्न शौचालय गएकी ५० वर्षीया महिलालाई शिक्षक साहले जवर्जस्ती समातेर नजिकैको गोठमा लगेर जवर्जस्ती गर्न खोजेका थिए । प्रहरीले ती महिलालाई दिएको प्रारम्भिक बयानअनुसार, साहले जवर्जस्ती समातेर गोठमा पुर्याएको र मुख थुनेर करणी गर्न खोजेपछि महिलाले प्रतिकार गरेका थिए ।

    प्रतिकारबाट उम्केपछि महिला चिच्याउँदै हारगुहार गरेपछि होहल्ला भयो । त्यसबेला शिक्षक साह भने भागिसकेका थिए । मंगलबार बिहानभर शिक्षक साहको खोजी भयो । शिक्षक साह भने भागेर ग्वाल्टार पुगिसकेका थिए ।

    गोलञ्जोर ६ घोक्सिलास्थित स्कूलमा पढाउने स्थायी शिक्षक हुन साह । गाउँमा कुटपिटमा पर्ने डरले उनी भागेर ग्वाल्टार पुगेको थाहा पाएपछि महिलाले प्रहरी चौकी ग्वाल्टारम उजुरी दिइन् । त्यसपछि शिक्षक साह पक्राउ परे ।

    ग्वाल्टारबाट मंगलबार राति नै शिक्षक साहलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा राखिएको छ । मेडिकल गर्ने र म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाउने तयारीमा रहेको एसपी रञ्जु सिग्देलले जानकारी दिए ।

    शिक्षक साह लामो समय करारमा गोलञ्जोर ४ कै एक स्कूलमा पढाउँथे । उनले स्थायीमा मनाङमा नाम निकाले । उनी मनाङबाट सरुवा भएर आएका हुन् । उनी गणित विषयका शिक्षक हुन् ।

    शिक्षक साहमाथि यसअघि पनि गाउँमा महिलामाथि कुदृष्टि राखेको आरोप लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology