Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पश्चिमाञ्चल होटल सङ्घ पोखराको ‘जाऔँ है पोखरा अभियान’ सुरु

पश्चिमाञ्चल होटल सङ्घ पोखराको ‘जाऔँ है पोखरा अभियान’ सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २४, २०७७ बुधवार • १३:५९:१७ बजे
  • 1.8K
    SHARES
  • पश्चिमाञ्चल होटल सङ्घ पोखराको  ‘जाऔँ है पोखरा अभियान’ सुरु
    पोखरा । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ ।

    कोभिड-१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

    जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्तर्गत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ । पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ ।

    सङ्घले १८ वर्षदेखि सो अभियान सुरु गर्दै आएको छ । कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए ।

    अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन् । सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जाऔँ है पोखरा अभियान
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology