Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलतन्त्र असफल हुँदा ,राजतन्त्र ब्युँतिने खतरा !

दलतन्त्र असफल हुँदा ,राजतन्त्र ब्युँतिने खतरा !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७७ बुधवार • १७:०९:५९ बजे
  • 2.1K
    SHARES
  • दलतन्त्र असफल हुँदा ,राजतन्त्र ब्युँतिने खतरा !
    रामचन्द्र तिम्सिना 
      (आवाज)
    माओवादीसँग एकता नभएको भए केपि ओलीको प्रम बन्ने सपना सायद पुरा हुँदैन थियो । एमाले भित्र गुटवाद मौलाए कै थियो। विचार, आदर्श त छँदै थिएन भन्दा पनि फरक पर्दैन। 

    माधव र केपी ओलिको स्वार्थि खेल कुर्सी कै लागि थियो । वामदेव बेलामौकामा बीचमा फाइदा खाने विचौलिया बनेका थिए । प्रचण्डसँग पनि डा. बाबुराम र मोहन वैद्यको लडाइँमा विचौलिया नारायणकाजी भएकै थिए । गुटवाद हावी हुँदा राजनीतिक विचलन आयो । वैद्यले पार्टी छाडे भट्टराई हिँडे नेत्रविक्रमले धम्कयाउँदै छन् । तर प्रचण्डका दोधारे चरित्रमा केबल परिवारवाद मौलाएको थुप्रै तथ्यले पुष्टि गर्दैछ । 
    दोधारे चरित्रले नेतृत्व बदनाम हुन्छ । परिवारवाद र गुटवाद आलोचित हुन्छ । कार्यकर्ता र शुभेच्छुक मात्र होइन हिजोका योद्धा, घाइते, अपांग कसैले कहिँ केहि सहयोग पाएनन् भन्दा हुन्छ। हिजोका पुर्व लडाकु समर्थक शुभचिन्तक खाडी भासिएका छन् ।प्रचण्का छोरी-ज्वाइँ, भाई-भतिजा बाहेक अरुलाई राज्यको कुनै ठाउँ मिलेन । माओवादीका भागवण्डामा पाएका पुरस्कार तथा नियुक्ति त समर्थक, शुभेच्छुकहरूले पाउँनै हुँदैन भन्ने जस्तो भयो तसर्थ माओवादी धार कमजोर बन्दै गयो।

    गणतन्त्र लोकतन्त्र जे-जे भनिए पनि जनतन्त्र अझै आएको छैन, नेतातन्त्रले देश लुटिरहेको छ । जनयुद्धका जन्तीमध्येका अधिकांशले त्यसको सावाँ ब्याज उठाएका छन् । पदकै कारण पार्टी टुक्रा-टुक्रा भयो । उपाय नलागेर तत्कालिन एमालेको ओली गुटसँग पार्टी एकता यानिकी "बिलय" भयो । 

    प्रधानमन्त्री केपी ओलीले आफ्नो अहंकार बढाए । एमाले ब्यूताउन खोजे "जवज" लाद्न खोजे तब माहौल केही तातियो।

    जब प्रचण्ड नै परिवारवादमा रमेका छन् भने नेकपा एमालेको नाममा मौषमि फाइदाका लागि लम्पसारवादी नीति लिएर राज्य लुट्दै आएका ईश्वर पोखरेलहरूले प्रचण्डको विरुद्ध खेदो खन्नु नौलो भएन ।

    पार्टी फुट्यो भने प्रचण्ड अध्यक्ष हुन्छन् ईश्वर अध्यक्ष हुन पाउँदैनन् । त्यसो त नेकपाका अर्का अध्यक्ष केपी ओलीले आफ्नो गुटका बाहेक कही पनि कार्यकर्ताको क्षमता, योग्यतालाई चासो दिएका छैनन् । पार्टीमा विवाद भएको कारण त्यो पनि हो । 
    गणतन्त्रमा कुनै पनि पार्टी लडाइबाट मुक्त भएनन् । काँग्रेसमा शेरबहादुर र रामचन्द्रको भागवण्डाले पुगेन । त्यहाँ पनि प्रकाश शरण महत, कृष्ण सिटौला, विमलेन्द्र निधिले समेत अहिले भाग खोज्न थालेका छन् । 

    आन्दोलनमा जनताका छोराछोरी मरे, फाइदा नेता र उनिहरु कै परिवार, नातावादमा केन्द्रीत हुनु। गणतन्त्रको फल लुटतन्त्र र दमन हुनु । सर्वोच्चले अदालतबाट आफ्नै श्रीमती मार्ने रञ्जन कोइरालालाई ८ वर्षमा जेलमुक्त गर्ने कानुन स्थापित गराउनु।बिप्लवधार प्रतिबन्धित हुनु।पदभ्रष्ट, सत्ता लम्पट चरित्रकै कारण देशभित्र मात्र होइन छिमेकीसँगको सम्बन्ध समेत नेकपाकै नेतृत्वको समयमा राम्रो भएन । 

    पार्टीलाई विधान सम्वत चलाएको भए अहिले बदनाम हुने थिएन। प्रचण्ड गुट परिवारवाद मै रमाए प्रम ओली गुटवाद नातावादमा रमाएका छन् । देशको राष्ट्रपति समेत देशको बन्न सकेकी छैनन् । प्रम अ‍ोलीको स्वार्थका निर्णयलाई शिरोपर गर्दा आलोचित बन्नु परेको तितो यथार्थ जगजाहेर छ।

    परिणामत फ्याँकिएको राजसंस्थाका रैतिहरुले पनि च्याँखे थाप्न शुरु गरिसके।"राजा आउ देश बचाउ" भन्दै सडक तताउन थालिसके।
    मुलतः समस्या ब्यक्तिवाद, मवाद र स्वार्थवादले निम्तिदैछ।
    फलतः दलतन्त्रको असफलता नै राजतन्त्रका लागि पुनः स्थापित हुने अवसर सावित हुँदैछ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology