Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप १०५६ जनामा कोरोना संक्रमण : १४ जनाको मृत्यु

थप १०५६ जनामा कोरोना संक्रमण : १४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०७७ बुधवार • २१:३४:२६ बजे
  • 922
    SHARES
  • थप १०५६ जनामा कोरोना संक्रमण : १४ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    पछिल्लो २४ घण्टामा थपिएका एक हजार ५६ जनासहित देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । यीमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८३ जनाले कोरोना संक्रमण जितेका छन् । यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

    यस्तै कोरोना संक्रमणबाट देशभर पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । थपिएका १४ जनासँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ५१ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology