एजेन्सी । इजरायलका एक वरिष्ठ अन्तरिक्ष अधिकारीले एलियनहरुका बिषयमा सनसनीपूर्ण खुलासा गरेका छन् । पछिल्ला तीन वर्षमा इजरायलको अन्तरिक्ष सुरक्षा परियोजनाका प्रमुख तथा अवकाशप्राप्त जनरल हायम इशेदले एलियनहरु हुने गरेको बताउँदै पृथ्वीमै अमेरिका र इजरायलको सम्पर्कमा रहेको दाबी पनि गरेका छन् । उनले एलियनहरु यस धर्तीमा रहेको पत्याउने स्थितिमा मानिसहरु भइनसकेको कारण बाहिर नदेखिएको पनि बताएका छन् । एलियनहरुले मानिसहरु आफूहरु बारे अहिले पत्याउने स्थितिमा नरहेको कारण मानिसहरुको सामुन्ने नआएको उनको भनाई छ ।
हायमले इजरायलको पत्रिका एडिट अहरोनटका लागि दिएको एक अन्तर्वार्तामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एलियनबारेको रहस्य मानिसहरुलाई भन्न लागेको तर सही समयमा ग्यालेक्टिक फेडेरेशनका एलियन्सले टम्पलाई रोकेको बताए ।
ग्यालेक्टिक फेडेरेशन मार्फत अमेरिकासँग एलियनहरुको गोप्य सम्झौता रहेको र यो सम्झौतामार्फत मंगलग्रहमा एक भूमिगत शिबिर बनाइएको छ । उक्त भूमिगत शिबिरमा अमेरिकाका अन्तरिक्ष यात्रीहरु र केही एलियन रहिरहेका छन् । उनका अनुसार ट्रम्प एक पटक एलियनहरुको अस्तित्वको बारेमा घोषणा गर्ने खोजेका थिए तर एलियनहरु सार्वजनिक रुपमा कुनै पनि प्रकारको त्रास फैलाउन चाहँदैन थिए । उनीहरु मानव सभ्यता, ब्रमाण्डका बारेका जटिल चिजहरुलाई बुझ्न सक्ने भएपछि आफ्नो अस्तित्वको बारेमा मानिसहरुका अगाडि प्रस्तुत गर्न चाहेको हायमले बताए ।
उनले अमेरिकी सरकार र एलियनहरुका बीचको सम्झौताका अनुसार एलियनहरु भर्तीमा धेरै प्रकारको प्रयोग गरिरहेको बताउँदै मानव सभ्यताको जस्तै यी एलियनहरु पनि रिसर्च गरिरहेको बताए ।
हायमले यसबारेमा जहाँ आफ्ना कुरा राखे उनलाई सबैले पागल भनेका छन् । तर, उनलाई यसमा कुनै पर्वाह छैन । सन् २०११ म अवकाश पाएका यी विद्वानलाई इजरायलका मिडियाले फादर अफ इजरायल सेटेलाइट प्रोग्राम पनि भनेको थियो ।
इजरायलको अन्तरिक्ष संस्थाले एक फ्यूचर मुन मिशन भन्ने कार्यक्रमको तयारी गरेको छ । यो भन्दा पहिले इजरायलले अप्रिल महिनामा एक निजी लगानीमा रोबोटिक जहाजसँग जोडिएको मिशन असफल भएको थियो । यो भन्दा पहिले अमेरिका, चीन, पूर्व सोभियत यूनियन चन्द्रमामा अवतरण भइसकेका छन् । हायमले यस्तो दाबी गरेपनि कुनै पनि देशले मंगल ग्रहमा कोही मानिसलाई अवतरण गराउन सकेका छैनन् । हुनत अमेरिका र चीनको मंगलग्रहमा दृष्टि भने हटेको छैन ।