Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल प्रहरीको एआइजीमा पोखरेल बढुवा

नेपाल प्रहरीको एआइजीमा पोखरेल बढुवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७७ बिहिवार • १९:४०:५२ बजे
  • 1.5K
    SHARES
  • नेपाल प्रहरीको एआइजीमा पोखरेल बढुवा

    सरकारले दरबन्दी थप गरेको नेपाल प्रहरीको एआइजीमा विश्वराज पोखरेललाई बढुवा गर्ने निर्णय गरेकाे छ । बिहिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् नियमित बैठकले उक्त निर्णय गरेकाे हाे ।

    images

    बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिकाे बैठकले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने सरकारको निर्णयप्रति गृहमन्त्री राम बहादुर थापा बादललाई निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियाे ।

    गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले पोखरेललाई एआइजीमा सिफारिस गरेको थियाे । गृहसचिवको अध्यक्षताको बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र नेपाल प्रहरीका प्रमुख सदस्य सचिव रहन्छन् ।

    हालैमात्र सरकारले एक एआइजी र ५ डिआइजीको दरबन्दी थप गरेको हाे। उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार भएकाले सरकारले पोखरेल नेपाल प्रहरीको प्रमुख बन्ने सहज बाटो खोल्नका लागि दरबन्दी थपेको भन्दै आलोचना समेत भएको थियो ।

    एआइजीमा बढुवा गरेर भावी आइजिपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री थापालाई समेत थाहै नदिइ एआइजीको दरबन्दी थप गरेको बताइएकाे छ ।

    पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । यसअघि पोखरेल डिआइजीमा पनि एक्लै बढुवा भएका थिए । तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलकै दबाबमा १९ वैशाख २०७६ मा एसएसपीबाट पोखरेललाई डिआइजीमा बढुवा गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology