एजेन्सी । अमेरिकी चिकित्साविज्ञहरूले फाइजर–बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपतकालिन रूपमा प्रयोग गर्न सिफारिस गरेका छन ।
अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडिएलाई विज्ञहरुले यस्तो सिफारिस गरेका हुन । सो खोपको सकारात्मक र नकरात्मक प्रभावको विश्लेषण गर्न विज्ञहरूको २३ सदस्यिय दलको बैठकपछि त्यस्तो निर्णय आएको हो। फाइजरको खोप सर्वसाधारणका लागि लगाउन यूके, क्यानाडा, बहराइन र साउदी अरबले यसअघि नै स्वीकृति दिइसकेका छन्। तर उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी छ ।
अमेरिकामा कोरोना संक्रमणका कारण एकैदिन तीन हजार बढीले ज्यान गुमाएको भोलिपल्ट विज्ञहरुको यस्तो सिफारिस आएको हो। एकैदिन भएको मृत्युको सो सङ्ख्या विश्वमै अहिलेसम्मको उच्च हो। एफडिएको बैठकपछि प्राप्त सिफारिसपछि अमेरिकी स्वास्थ्य मन्त्री एलेक्स एजारले केही दिनमै खोप पाउने विश्वास ब्यक्त गर्दै अर्को साताबाट सबैभन्दा बढ्ता जोखिममा रहेकाहरूलाई दिन शुरु गर्ने बताएका छन । तर संघीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण शुरु गर्ने योजना बनाएको बिबिसीले जनाएको छ।