बोलेरो दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
शुक्रबार बिहान अन्दाजी ९ः५५ चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो । चण्डिभञ्जाङबाट राजमार्गतर्फ आइरहेको ना४च ५०५० नम्बरको बाेलेरो अनियन्त्रित भइ सडक छेउमा रहेको फलामको बिजुली पोलमा ठोकिँएको थियो ।
करेन्ट सर्ट भइ बोलेरो चालकसहित बलेरोमा सवार १५/२० जनामध्ये २ जना को घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । यस्तै, अन्य ११ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ भने बाँकी अन्य ब्यक्तिको बारेमा थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बोलेरो दुर्घटना स्थलमा रहेको बाटो अवरोध नभएको बताइएको छ ।