Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ईन्टरनेट जडान गर्न पत्रकारलाई २० हजार रुपैयाँसम्मको अनुदान

ईन्टरनेट जडान गर्न पत्रकारलाई २० हजार रुपैयाँसम्मको अनुदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • १४:०३:५८ बजे
  • 2.1K
    SHARES
  • ईन्टरनेट जडान गर्न पत्रकारलाई २० हजार रुपैयाँसम्मको अनुदान

    पत्रकारलाई इन्टरनेट जडान गर्दा २० हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउन सक्ने गरी प्रेस काउन्सिल नेपालले नीतिगत व्यवस्था गरेको छ ।

    images

    पत्रकारिताको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यसहित मिडिया विकास कोषबाट यस्तो अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको हो ।

    काउन्सिलका अनुसार यस्तो अनुदान अति दुर्गम क्षेत्र एवम् दलित, महिला, अल्पसङ्ख्यक समुदाय तथा अपाङ्गता भएर पत्रकारिता गरिरहेका, न्यून आय भएका पत्रकारलाई उपलब्ध गराइनेछ ।

    अनुदान प्राप्त गर्न सञ्चारमाध्यम कम्तिमा तीन बर्षदेखि नियमित सञ्चालनमा रहेको हुनुपर्नेछ भने पत्रकारको हकमा कम्तिमा पाँच वर्ष पत्रकारिता गरेको हुनपर्नेछ ।

    उपलब्ध गराइने अनुदान प्रत्येक प्रदेशमा एक वर्षमा बढीमा २, २ जना पत्रकारले मात्र प्राप्त गर्नेछन् ।

    काउन्सिलले यस्तो अनुदान प्राप्त गर्न आज (शुक्रबार) देखि गणना हुने गरी एक महिनाभित्र उल्लेखित योग्यता पुग्ने र प्रमाणित हुने बिल समेतका कागजात र नेपाल पत्रकार महासंघको सिफारिससहित निवेदन दिन सक्ने जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology