Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाकाे मृत्यु

पछिल्लो २४ घन्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • २०:४८:४३ बजे
  • 970
    SHARES
  • पछिल्लो २४ घन्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाकाे मृत्यु
    पछिल्लो २४ घन्टामा थप १ हजार ४४ जम्मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएकामा ६ सय ३३ पुरूष र ४ सय ११ महिला रहेका छन् ।
    याेसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार थपिएका १ हजार ४४ जनासहित अहिले संक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ रहेको छ ।
    यसैगरी पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार २ सय ७१ जना कोरोना मुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ । यस्तै, कोरोना संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट हालसम्म एक हजार ६ सय ७४ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology