Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना यूएईको अध्यक्षमा सुवास राम्जाली

मोना यूएईको अध्यक्षमा सुवास राम्जाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०७७ शुक्रवार • २२:३५:४० बजे
  • 2.0K
    SHARES
  • मोना यूएईको अध्यक्षमा सुवास राम्जाली
    म्याग्दी प्रवासी नेपाली संघ (मोना)यूएईको  तेस्रो साधारण सभा,अधिवेशनबाट सुवास राम्जालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
    कोरोना भाइरस (कोभिड(१९) को जोखिमलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट आयोजित साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा, उपाध्यक्ष आकाश रसाईली, उपाध्यक्ष यामुना रोका, महासचिव काजिमान बुढाथोकी, सचिव नरप्रसाद छन्त्याल, कोषाध्यक्ष बेकप्रसाद पुन र सहकोषाध्यक्ष अर्जुन कटुवाल रहेका छन् ।
    अधिबेशनबाट सदस्यहरुमा कुमार कार्की, मनकुमारी विक, पार्वती अर्मजा, किरण खत्री र बिनोद केसी रहेको मोना यूएईले जनाएको छ । अधिवेशनको प्रमुख अतिथि मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जाली, बिशिष्ट अतिथि मोना आइसीका प्रबक्ता ई.नन्दबहादुर गर्बुजा लगायतको उपस्थिती रहेको थियो  ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # म्याग्दी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology