कोरोना संक्रमितको दर कम हुँदै जानु भनेको सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना टरेको छैन’ स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सह–प्रवक्ता डा।समीरकुमार अधिकारी भन्छन् । ‘नेपाल सरकारले लक्षण देखिएका व्यक्तिको पिसिआर टेष्ट नियमित गरिरहेको छ ।
त्यसको संख्याभन्दा पनि चेकजाँच गर्न आउनु भएकाहरुको प्रतिशतको आधारलाई हेर्दा कोरोनाको जोखिम केही कम भएको जस्तो देखिए पनि यसले दोस्रो लहरमा देखिन सक्ने कोरोनाको लहरलाई भने रोकेको छैन’ अधिकारीले भने । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशै तिहारमा मान्छेहरुको अत्यधिक आवतजावत हुने भएकाले संक्रमणको दर बढ्ने अनुमान गरेको थियो । सोही अनुसार संक्रमणको दर बढेको पनि थियो त्यसलाई आधार मान्ने हो भने अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उनले स्पष्ट पारे ।
‘नेपाल सरकारले अझै पनि जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा विधिको प्रयोग गर्न भनिरहेको छ त्यसमा हामीले ध्यान दिनै र्छ’ संक्रमण कम देखिएको कारणले जोखिम घट्यो भन्ने बेला नभएको उनले बताए । काठमाडौं उपत्यका तथा नेपालका प्रमुख शहरहरुमा रहेका अस्पतालमा रहेका जनरल बेडहरुमा संक्रमितको सख्या कम हुँदै गएको र आइसियु तथा भेन्टिलेटरमा राखेर बिरामीको उपचार गर्न समेत पहिलाको भन्दा प्रेसर निक्कै कम परेको डा अधिकारीले भने ।
धेरै संक्रमितहरु होम आइसोलेशनमा बस्नुभएको, समुदायले सञ्चालन गरेको आइसोलेशनमा समेत बस्नेहरुको संख्या धेरै रहेकाले पनि अस्पतालमा चाप कम भएको छ । अर्कोतिर सरकारले समेत आइसीयु र भेन्टिलेटरको संख्या बढाएकाले संक्रमितको उपचारमा चाप कम भएको हुनसक्ने डा अधिकारीले भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।