Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सागमा विशेष योगदान गर्ने व्यक्ति संस्थालाई पोखरामा सम्मान गरिदै

सागमा विशेष योगदान गर्ने व्यक्ति संस्थालाई पोखरामा सम्मान गरिदै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २७, २०७७ शनिवार • १४:२४:४० बजे
  • 1.2K
    SHARES
  • सागमा विशेष योगदान गर्ने व्यक्ति संस्थालाई पोखरामा सम्मान गरिदै
    मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले पोखरामा रक्तदान, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ ।

    उक्त संस्थाका गण्डकी प्रदेश संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश गुरुङले पुष २ गते रक्तदान कार्यक्रम, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नेे जानकारी दिनुभयो ।

    पोखरा रंगशालामा हुने कार्यक्रममा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनील शाहीलाई सुनको पदक सहित सम्मान गर्ने उहाँले बताउनुभयो ।

    १३ औं सागमा बक्सिङको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको समयमा स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको पदक दिने आफूले घोषणा गरे वमोजिम सागमा वक्सिङका तर्फबाट स्वर्ण पदक जित्ने खेलाडीलाई सुनको मेडलले सम्मान गर्न लागिएको उहाँले बताउनुभयो । “मैले बक्सिङका खेलाडीलाई हौसला प्राप्त होस भन्नका लागि घोषणा गरेको थिएं सो बमोजिम सुनको पदकबाट सम्मान गर्न लागेका हौं ।” संयोजक गुरुङ वक्सिङका पूर्व खेलाडी तथा नेपाल बक्सिङ संघका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।

    यसैगरी एकेडेमीले गत मंसिर ८ गते प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कँराते खेलाडी राजु नेपालीको परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरिने एकेडेमीका सचिब कृण्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology