Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २७, २०७७ शनिवार • १५:४९:१९ बजे
  • 1.9K
    SHARES
  • नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने
    नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।

    सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ।

    एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आगामी मार्च ३० मा अष्ट्रेलियासित तथा जुन ७ मा जोर्डनसित खेल्नेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण सन् २०२० को मार्च र अप्रिलमा हुने एसियाली क्षेत्रको दोस्रो चरणको खेल स्थगित गरिएको थियो । कोरोना कहर नरोकिएपछि एएफसीले छनोट चरणका खेल सन् २०२१ मा गर्ने निर्णय गरेको हो ।

    समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंकसहित चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । नेपालले कुवेतसित दुई खेल तथा जोर्डन र अष्ट्रेलियासित एक एक खेल हारेको थियो । चाइनिज ताइपेई अंकविहीन अवस्थामा रहँदै समूह ‘बी’ को पाँचौँ स्थानमा छ ।

    विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ । बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको एन्फा प्रवक्ता राईले जानकारी दिनुभयो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो । त्यसपछि उनी नेपाल फर्किनुभएन । उनले स्वीडेनबाटै राजीनामा दिनुभएको हो ।

  • सम्बन्धित विषय:

  • # विश्वकप फुटबलको छनोट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology