Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाबाट ब्राजिलमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढीको मृत्यु

कोरोनाबाट ब्राजिलमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २७, २०७७ शनिवार • १६:१७:५५ बजे
  • 1.7K
    SHARES
  • कोरोनाबाट ब्राजिलमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढीको मृत्यु
    ब्रासिलिया-दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।

    प्राप्त समाचारअनुसार शनिबारसम्ममा यहाँका १ लाख ८० हजार ४११ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा ४६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
    त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ६८ लाख ३४ हजार ९६५ जना संक्रमित भएका छन् ।

    ब्राजिलका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा यहाँ पनि कोरोना भाइरसको दोस्रो लहर आएको बताएका छन् । उनीहरुका अनुसार यहाँ सरकारले कडा खालको लकडाउन गरेको भए पनि संक्रमण भने घटेको छैन।

  • सम्बन्धित विषय:

  • # कोरोनाबाट मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology