Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा थप ८९९ जनामा संक्रमण : कोरोनाबाट १५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप ८९९ जनामा संक्रमण : कोरोनाबाट १५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०७७ शनिवार • १७:२७:१४ बजे
  • 997
    SHARES
  • पछिल्लो २४ घन्टामा थप ८९९ जनामा संक्रमण : कोरोनाबाट १५ जनाको मृत्यु
    पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ४२ जना व्यक्तिमा गरिएको पिसिआर परिक्षणमा उक्त पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

    यस्तै, २४ घन्टामा १ हजार ३ सय ५९ जना व्यक्ति कोरोना मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट देशभर थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology