Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दी सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान

म्याग्दी सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २८, २०७७ आइतवार • ११:४९:२७ बजे
  • 1.8K
    SHARES
  • म्याग्दी सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान
    म्याग्दी । गण्डकी प्रदेशको हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ ।

    स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

    प्रमुख लम्सालले यो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न सघाउ पुर्याउने जिकिर गरे । अभियानलाई प्रभावकारी बनाउन छवटै स्थानीय तहका स्वास्थ्य संयोजकलगायत जिल्लाका ३९ वटै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

    यस अभियानले विशेषगरी दुर्गम क्षेत्रका महिलालाई धेरै सहज हुने अभिमुखीकरण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। सोही अवसरमा प्रजिअ अधिकारीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रहसमेत गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology