Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र सार्वजनिक

च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र सार्वजनिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर २९, २०७७ सोमवार • १८:५१:३० बजे
  • 1.8K
    SHARES
  • च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र  सार्वजनिक
    युरोपेली फुटबलको उच्च निकाय युइएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार सार्वजनिक गरेको छ ।

    ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।

    साविक विजेता जर्मन क्लब वायर्न म्युनिखले इटालियन क्लब लाजियोको सामना गर्नेछ । इङ्लिस क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

    स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एटलान्टाको सामना गर्दा इङ्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बेरुसिया मोन्चेग्लावाचसँग खेल्नेछ ।

    जर्मन क्लब बेरुसिया डर्टमन्ड र स्पेनिस क्लब सेभिल्ला आमने सामने हुनेछन्  भने इङ्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिङको सामना गर्नेछ ।

    इटालियन क्लब युभेन्टसले तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी पाएको छ । उसले पोचुगिज क्लब पोर्टोसँग खेल्नेछ ।

    अन्तिम १६ का खेलहरू फेब्रुवरी अन्तिम साताबाट सुरु हुनेछन् ।एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology