चन्द्र गोतामे - कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । अल जजिरा कम्पनीमा कार्यरत डम्मर बहादुर साउद (राहदानी नम्बर - ०९१६३४७१) को १४ डिसेम्बर २०२० को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले जानकारी दिनु भएको छ ।
डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका थिए । साउद सरोकार समाज कुवेतका सक्रिय सदस्य पनि हुन । मृतकको घरमा श्रीमति एक छोरा र एक छोरी छन ।
नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार “डम्मर बहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको छ । तर उनको मृत्युको कारण भने अस्पतालको रिपोर्ट बिना भन्न मिल्दैन । आज या भोली सम्ममा अस्पतालको रिपोर्ट आउने बताउनु भएको छ । मृतकको शव नेपाल पठाउनको लागि कानूनी प्रक्रियाका कामहरु अगाडी बढाई सकिएको छ । तर मृतकको परिवार संग सम्पर्क हुन सकेको छैन । मृतकको परिवारको सम्पर्क नम्बर कोही संग छ, भने दूतावासलाई उपलब्ध गराई सहयोग गरिदिनको लागि पनि आग्रह गर्नु भएको छ ।”