Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७७ बुधवार • १६:४४:१८ बजे
  • 973
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।



  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology