Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकीले सुनको पदकसहित खेलाडी सम्मान गर्ने

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकीले सुनको पदकसहित खेलाडी सम्मान गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष १, २०७७ बुधवार • १८:०९:२४ बजे
  • 1.7K
    SHARES
  • पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकीले सुनको पदकसहित खेलाडी सम्मान गर्ने
    १३ औं सागमा स्वर्ण पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई सम्मान गर्ने पुर्व कार्यक्रम जानकारी गराउन आयोजित पत्रकार सम्मेलन । तस्बिर : आश तमु
    पोखरा -१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेतासहित प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने खेलाडी तथा संस्थालाई मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले सम्मान गर्ने भएको छ ।

    एकेडेमीका संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बुधवार आज आयोजित पत्रकार सम्मेलनमा बिहीबार सम्मान गरिने बताएका हुन् । १३ औं सागमा बक्सिङका स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर, नेपाल आर्मीकी मिनु गुरुङ र सनिल शाहीलाई सुनको पदक सहित सम्मान गर्ने गुरुङले बताए ।

    त्यसैगरि साग अन्तरगत पोखरामा भएका ८ वटा प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने संघ, विषयगत समिति, पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई पनि एकेडेमीले सम्मान गर्ने भएको हो ।

    संयोजक गुरुङका अनुसार अफ्ठ्यारोमा रहेका र हाल उपचारर्थ खेलाडी तथा दिवंगत भएका खेलाडीका परिवारलाई सहयोग, हालै निधन भएका प्याराग्लाइडिङका पाइलट, वडी विल्डिङ तथा क्योकिशन कराते खेलाडी स्व।राजु गैरे (नेपाली) को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग, पोखरामा रहेर महिला भलिबल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्ने पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक समेत रहेका जीवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ, गत वर्ष सम्पन्न ढोरपाटन महिला राष्टिय भलिवल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिबल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ, पोखरामा भएको क्लबस्तरीय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ, टेनिसका खेलाडी स्व।सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको छ ।

    यो सँगै हालै मित्र राष्ट्र भारतमा सम्पन्न वल्र्ड पावर लिफ्टिङ च्याम्पियनशिपमा पदक जित्ने ३ जना खेलाडीलाई समेत सम्मान गर्ने गुरुङले जानकारी दिएका छन् । त्यसैगरि एकेडेमीले पोखरा रंगशालामा कार्यरत श्याम विश्वकर्मा, विभा विश्यकर्मा र सुक बहादुर गुरुङलाई समेत नगद सहित सम्मान गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology