Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लाचार नेतृत्वले भिखारी बनाईयो !

लाचार नेतृत्वले भिखारी बनाईयो !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७७ बुधवार • १९:२५:३८ बजे
  • 2.7K
    SHARES
  • लाचार नेतृत्वले भिखारी बनाईयो !
    भत्केको धरहरा, कालिकोटको भोकमरि, तराइको शितलहर, खान नपाको फोटो, उध्रेको फरिया र च्यातिएको कछाड देखाएर NGO/INGO हरुले विदेशमा fund उठाउँछन,जसले गर्दा विश्वजगतमा यो शंदेश जान्छ कि, यहाँ खान नपाको, भिख मंगा मात्र बस्छन।

    किनकि हामि भिखारी होईनौ, भिखारी बनाईयो।

    निजीकरणको नाममा रास्ट्रीय उद्योगहरुमा ताला झुण्ड्याएर लाखौं युवायुवतीलाई बिदेशी श्रमबजारमा लिलाम गर्छौ।
    कोठरिमा गुन्जने चित्कारसंग साटिएको रेमिटान्समा गर्व गर्छौ।
    सुनखानी देश मै छोडेर, अरबको मरुभूमिमा भेंडा चराउँछौं ।
    जमिन बाँझो राखेर मोटा चामलले पेट भराउँछौ।
    सरसर्ती हेर्दा आत्मनिर्भर भए जस्तो तर होईन, हौं त भिखारी नै।

    कुर्सि बिदेशीको आशीर्वादमा, पार्टिसंग सम्झौता ,गुटसंग सम्झौता ,त्यो पनि बिदेशी कै इशारामा, दिनभरी गामबेसी साँझ परेसी दूतावास,भन्छौ बहादुरको देश लाचारिले गुलाम बनाएर भिखारी मुक्त देश घोषणा गर्छौ, हौं त भिखारी नै।

    कमिसन भित्र्याउन सिमा बेच्छौ, रेमिटेन्स भित्र्याउन युवा बेच्छौ, अनुदान भित्र्याउन रोग बेच्छौं, श्रमशक्ती, रगतपसिना अरुलाई बेच्छौं।

    साशकबाट गुलाम बन्ने गोर्खा भर्ती खोल्छौ।नाभिको सुगन्ध छोडेर भौंतारिएको कस्तुरी जस्तो ,भिखारी त होईनौ तर व्यबहार भिखारी कै देखाउँछौ।

    कमिसन पाउन बिदेशी सम्झौता स्विकार्छौं, दूतावास धाउँन चर्चित रास्ट्रवाद झाड्छौ, अकर्मण्यता र असमंञ्जस, बिदेशी धर्म र संकृती भित्र्याउँछौ अनि बालुवाटारबाट कड्किन्छौं हामी भिखारी होईनौं, खुल्लामंञ्चबाट दुत्कार्छौं हामी भिखारी होईनौ।

    हो तिमी भिखारी होईन, बिदेशी अनुदान र रेमिटान्समा टिकेको तिम्रो अर्थतन्त्रले सावित गर्छ, अनि म भन्छु हामी भिखारी होईनौ, लाचारी नेतृत्वले भिखारी बनायो।
    परनिर्भर मुखी अर्थनितिले भिखारी बनायो ।
    खाडिको रेमिटेन्सले भिखारी बनायो।
    बाँझो खेतबारिले भिखारी बनायो।
    नेता प्रतिको चाकडिले भिखारी बनायो।

    रामचन्द्र तिम्सिना 
      (आवाज)

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology