Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कमरेड जगत मृत्यु प्रकरण:म्याग्दीका सिडियो र डिएसपी माथी छानबिन गर्नु पर्छ

कमरेड जगत मृत्यु प्रकरण:म्याग्दीका सिडियो र डिएसपी माथी छानबिन गर्नु पर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १, २०७७ बुधवार • १९:५४:५० बजे
  • 7.3K
    SHARES
  • कमरेड जगत मृत्यु प्रकरण:म्याग्दीका सिडियो र  डिएसपी माथी  छानबिन गर्नु पर्छ
    मैलो कपडा,झुस्स दारी, छड्के झोला मगर लबजमा क्रान्तिको पक्षमा उत्साहपुर्ण तर्क परक छलफल बहस सायद यस्तै थियो
    कमरेड जगत संगको पहिलो भेट   ।    उमेरले ५० कट्दै गर्दा कपालले रंग चेन्ज गर्दै गर्दा क्रान्ति प्रतिको प्रतिबद्दता , पार्टी
    संगठन प्रतिको ईमान्दारिता, असाध्यै सर्बहारा मैत्री जीवनशैली  पहिलो भेटमा तपाई प्रतिको ईम्प्रेसन हो मेरो।

    सायद भर्खर जनआन्दोलन सकिएर पार्टी शान्ति प्रक्रियाको चरणमा थियो संयोगले हामी दुईको कार्यक्षेत्र र एकै ठॅाउमा  रह्यो तत्कालिन समयमा रत्नेचौर,ज्यामरुककोट र भकिम्ली  समेटेर एउटा ईलाका बनाईएको थियो जगत कमेरड त्यही 
    ईलाकाको सेक्रेटरी हुनुहुन्थ्यो म पनि त्यही ईलाकको कार्यकर्ता भएको हिसाबले थुप्रै यात्राहरुमा संगसंगै हिड्ने मौका पाएको छु,थुप्रै रातहरु एउटै बिस्तारामा निधाउने अनि  थुप्रै झरीहरुमा संगसंगै भिजेको पनि छु यसैले होला आज  तपाईको मृत्युमा दुखी मात्र छैन उद्देलित र आक्रोशित पनि उत्तिकै छु।

    तपाई बेला बेला भन्नु हुन्थ्यो क्रान्ति निर्मम हुन्छ क्रान्तीको यात्रामा आउने ॲाधीभेरी र तुफानीहरुले जो कसैलाई पनि  छेदबिच्छेद बनाउन सक्छ क्रान्तीको खेल भित्रको एउटा अनिबार्य नियम भनेको स्विकार हो जहॅा मृत्यु पनि हॅासी हॅासी स्विकार गर्नु पर्छ। तपाईले भने जस्तै आज तपाईले आफ्नो मृत्यु हॅासी हॅासी स्विकार गर्नु भयो,जिवन रक्षाका लागी कुनै प्रकारको सम्झौता गर्नु भएन बरु आफ्नै जिवन संगिनीको लास आफ्नो अगाडी राखेर आत्मसमर्पण गराउने कुचेष्टा को बिरुद्द डटेर सामना गर्नु भयो।फॅासीबादी वलि सरकारका मतियारहरुले सामन्य मानवियता त देखाएनन नै तर त्यो भन्दा उच्च आदर्श तपाईले दलाल सत्ताको अगाडी नझुकेर प्रर्दशन गर्नु भयो ईतिहॅासमा यस्लाई कसैले तोडमोड गर्न सक्ने छैन।

    कमरेड जगत आज भौतिकरुपमा त आज हामी संग हुनुहुन्न तर बिचार राजनिति र रक्षाले सबालमा उहॅाले छाडेर जानु भएको
    सन्देश आम क्रान्तीकारी आन्दोलनमा सतिसाल जस्तै युगौ युग सम्म उभिनेछ।हुनत हिजो महान जनयुद्दका बेलाका मुल्य मान्यता,सम्बन्ध र भाबना बाट हिजोका यात्रीहरु निकै पर पुगिसकेको छन जो जो पर पुगेका छन आज उनिहरु दलाल सत्ताको रक्षाको लागी हिजोका सहयात्री क्रान्तीकारीहरुलाई दमन गर्ने सके गलाउने फकाउने र आत्मसमर्पण गराउने नसके निजोजित हिसाबले मार्ने र सक्ने अभियानमा छन । तर जनयुद्दका आधारभुत मुल्य मान्यता नबिर्सिएका तपाई जस्ता  मान्छेहरु आज पनि क्रान्तिको सुन्दर सपना देख्दै क्रान्तिको पक्षमा निरन्तर संघर्ष गरिरहेको छन।

    कमरेड जगतको हत्याराहरु मुख्यत:फॅासीबादी दलाल सत्ताका मालिकहरु केपी वली र राम बहादुर थापा बादल नै हुन तर फिल्ड कमाण्डरका हिसाबले एकै शृखलामा एकै ब्यक्तिलाई  पटक पटक झुट्टा मुद्दा लगाएर फरक राजनितिक आस्थाका आधारमा बर्षौ देखी बन्दी बनाउने म्याग्दीका सिडियो र डिएसपी हुन।आफ्नो बिबेकको यत्ति  पनि प्रयोग नगरी केपी वली र बादल कम्पनीको कारिन्दा झै गरी एक जना नर्दोष राजनितिक मान्छेलाई अपराधी करार गरी मर्न बिबश पार्ने सिडियो र डिएसपी साबहरुलाई खुल्ला केही प्रश्नहरु राख्न चाहन्छु?

    १: कमरेड जगत को मृ्त्यु के कारणले भयो ?
    २:अदालतले पटक पटक धरौटीमा रिहा गर्न आदेश दिदा दिदै धरौटी तिरे पछी अदालतकै गेट बाट नै पुन:पक्राउ कुन कानुनको आधारमा टेकेर गर्नु भयो ?
    ३:के लगाएको अभियोगमा सफाई पाएर सम्मानित अदालतको आदेशमा रिहा भएको ब्यक्तिलाई अदालत परिसरको गेट बाट नै पुन पक्राउ गरी फेरी उही मुद्दा लगाउन पाईन्छ?
    ४:अदालतको आदेश बाट निर्दोष साबित भईसकेको मान्छे कमरेड जगतलाई आफ्नै जिवन संगिनीको मृ्त्यु पश्चात काज किरिया त परै जाओस १ मिनेट समबेदना दिन समेत बन्चित गरिनु पर्ने कानुनी बाध्यता के थियो त्यस्तो?
    ५:कमरेड जगतको मृत्यु हुनुमा तपाईहरुले दिएको शारीरीक तथा मानसिक टर्चर जिम्मेवार छ कि छैन?
    ६:तपाईहरु आफ्नो कानुनको आधारमा टेकेर आफ्नो बिबेकको प्रयोग गरेर काम गर्ने राष्ट्रसेबक कर्मचारी हो कि केपी बादल कम्पनीको कारिन्दा हो?
    ७:तपाईहरुलाई कमरेड जगतलाई मर्न बाध्य बनाएको कसुर मा मुद्दा किन नचाउने?

    मलाई थाहा छ तपाईहरु यि प्रश्नहरुको जवाफ दिने ल्याकत राख्नु हुन्न साबहरु किनकी तपाईहरुलाई यि प्रश्नहरु प्रश्न होईन तपाईहरुले गरेको अपराधको फेरिस्त जस्तो लाग्छ हुन पनि सहि यही यो तपाईहरुले गरेको अपराधको फेरिस्त नै हो। साबहरु तपाईले म्याग्देली क्रान्तीकारी योद्दा माथी गरको यो हर्कत म्याग्देली जनताहरुले डॅाडापाखा झरना खोला र हलो जोतेको फोटो फेसबुकमै हालेको भरमा माफी दिने छैनन हेक्का रहोस।

    जिल्लाका नामुद ठग,दलाल र माफियाहरु संग बसेर ब्रान्डेड रक्सी र मासुको रसतालमा डुबेर क्रान्तिकारीहरुलाई सक्याउने 
    योजना कहॅा कहॅा कसरी बन्छन र बनाउनु हुन्छ आफै भित्रका अपराधीहरुलाई कसरी बचाउनु हुन्छ यसको फेरिस्ता त समय आए पछी साबहरुको टेबलमा नै पुर्याईदिउंला तर कमरेड जगत माथी तपाईहरुले थुपारेको अन्याय र यसैको कारण जगतले गुमाउन परेको जिवनको मु्ल्य साबहरुले गहिरो गरी चुकाउनु पर्ने नै छ ।सापहरुलाई धेरै पछी फर्किन पर्दैन २०६० तिर सम्म 
    फर्किए काफी हुन्छ क्रान्तिकारीहरु माथी क्रुरता प्रर्दशन गर्दा के हुन्छ भन्ने हेर्नलाई ।सायद ईतिहॅासमा सबै सापहरु सागरमणी पराजुली र रणबहादुर गौतम जस्तो भाग्यमानी नहुन पनि सक्नु हुन्छ यो पनि हेक्का राख्दा राम्रो नै हुनेछ।

    कमरेड जगतको मृत्यु सन्दर्भमा उनि सम्बद्द पार्टीका महासचिबले बिज्ञप्ती जारी गरेर राज्यको जिम्मामा रहेको अबस्थामा फरक राजनितिक आस्थाकै आधारमा घटना भएको ले स्वतन्त्र छानबिन गर्न माग गरेका छन परिवारको तर्फ बाट छानबिन नगरी दोषीलाई कारबाही नगरी शब नबुझ्ने घोषणा भईसकेको छ यस्ले अब आफ्नै गति समातेर अगाडी बढ्ला तर अब यि अपुष्ट कुरा गरेर मात्र कमरेड जगतको क्रान्ति प्रतिको दृढताको सम्मान हॅदैन यसैले आस्थाको आधारमा बर्षौ बन्दी बनाउने सामन्य मानवियताको ख्याल पनि नराखी श्रीमतिको मृत्युमा समेत समबेदना दिन बन्चित गर्ने झुटा मुद्दा र षडयन्त्रको तानाबाना बु्न्ने र कमरेड जगतलाई मृत्युको मुख सम्म पुर्याउने डिजाईनका नाईके म्याग्दी जिल्लाका सिडियो र डिएसपी नै हुन जस्को सजाय उनिहरु माथी जनताको न्यायलयले एक दिन फैसला गर्ने नै छ।

    कमरेड जगत को मृत्यु प्रकरणले माओबादी जनयुद्द र त्यस्को पेरीफेरी बाट जन्मिएको बिभिन्न धारहरुको सिकार मात्रै बनेन उनिहरु बिचको राजनिति तथा भाबनात्मक सम्बन्धको जग  कति कमजोर रहेछ भन्ने कुराको पनि अर्को पाटो पुष्टी गरेको  छ।हुन त राजनितिमा प्रमुख बिषय नै बिचार हो तर बिचारहरु सापेक्षित हुनुपर्छ बिचार मिल्दा या मन मिल्दा ज्यान दिन तयार हुने र बिचार नमिल्दा ज्यान सम्म लिन तयार हुने एउटा दर्दानक यथार्थ पनि यो प्रकरणमा जोडियो। हिजो १० बर्षे जनयुद्दकालका सहयात्रीहरु आज मन्त्री,सॅासद बनेका छन जिल्लामा मात्रै होईन केन्द्र सम्म पनि पॅहुच राख्न सक्ने बनेका छन तर बिडम्बना जगत र जगत जस्ता हजारौ सिधा ईमान्धार कार्यकर्ताको त्याग तपस्या र बलिदानबाट आज राज्य सत्ताको
    बागडोरमा पुगेका पुर्ब सहयोद्दाहरु राज्य संचालनको जिम्मा पाएको बेला अर्का एकजना हिजो संगै काम गरेका सहयोद्दा साथी झु्ट्टा मुद्दामा जेल बस्दा बिरामी हॅुदा अझै भनौ मृत्यु नै हॅुदा सम्म पनि कुनै प्रकारको चासो चिन्ता र भाबना देखिएन एकाथरी कमरेडहरुमा उनिहरुले चाहेको भए कमरेड जगत उहिले रिहा भएर आज सम्म जिवित नै हुनुहुन्थ्यो तर ति कमरेडहरुले बर्तमानमा बिचार नमिलेकै कारण पुराना सबै चिज बिर्सिए र निकाल्न उपयुक्त ठानेन बरु टिका लगाएर आफ्नो पार्टीमा भित्याउने कुन्सित षडयन्त्रमा लागे बिरामी हुंदा के कसो कस्तो भनेर चिन्ता त गरेनन नै मृत्युमा दुई अक्षरको श्रद्वान्जली समेत लेखेनन एउटा दलाल ठेकेदार बिरामी हॅुदा ठुला ठुला फोटा राखेर स्वास्थ्य लाभको कामना गर्ने पुर्व कमरेडहरु हिजोका सहयात्री परिवर्तनका योद्दा बिरामी हॅुदा र मृत्यु शैय्यामा छट्पटिदा समेत भेट्ने त के ! स्वास्थ्य लाभको कामना  लेख्न समेत सकेनन सायद यो बर्ग रुपान्तरणको उपज थियो होला।कमरेडहरुको यो स्तरको घटिया सोच चिन्तनलाई  हार्दीक श्रद्वान्जंली बाहेक अरु के भन्न सकिएला र ? 

    अन्तयमा हजारौ शहिद,घाईते र बेपत्ताहरुको त्याग र समर्पण मा शुरु भएको महान १० बर्षै जनयुद्दलाई क्षतबिच्छेद बनाएर 
    यसका मुल्य मान्यताको धज्जी उडाएर बिचार राजनिति र प्रतिबद्दताहरुलाई अलपत्र पारेर थबांग बाट उठाईएको क्रान्तिको लाल झण्डालाई ठमेलको रंगिन दुनियांमा लगेर  प्रतिक्रान्तीको भॅुई पुछ्ने बनाईयो त्यसको बिरुद्द संघर्ष गरेर झुकेको क्रान्तीको रातो झण्डालाई उठाउने हिम्मतका साथ  जसरी एकिकृत जनक्रान्तीमा समाहित हुनु भयो र क्रान्तिको मैदानमा फॅासीबादी दलाल सत्ताको  किल्ला भित्र संघर्ष गर्दा गर्दै आफ्नो अमुल्य जिवन उत्सर्ग गर्नु भयो बरु मृत्यु स्विकार गर्नु भयो तर आत्मसमर्पण गर्नु भएन। भौतिक शरीर ढले पनि श्रमजिवी जनताहरुको मन मनमा युग युग सम्म बॅाच्नु हुनेछ।
    अलबिदा जगत कमरेड।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology