पौष १, २०७७ बुधवार
•
२१:३३:३४ बजे
पोखरा – कोभिड १९ का कारण लामो समयबन्दाबन्धी पछी थला परेको पोखराको पर्यटन व्यवसायलाई उकास्न र पोखरा सुरक्षित र खुल्लै छ भने सन्देश फैलाउन पोखरा सडक महोत्सवलाई निरन्तरता दिने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले यही पुस १५,१६ र १७ तीन दिन पोखराको लेकसाइडमा २२ औं संस्करणको महोत्सवलाई निरन्तरता दिदै पोखरा सुरक्षित र खुल्लै छ भन्ने सन्देश दिन महोत्सवलाई दिन लागेको लागेको बुधबार पत्रकार सम्मेलनमार्फत रेबानले जनाएको छ ।
सडक महोत्सवका संयोजक बसन्त गौतमका अनुसार अघिल्लो वर्ष ५ दिन सम्म चल्ने सडक महोत्सव यस वर्ष भने तीन दिन मात्र चल्ने र पहिलैकै झै तडक भडक भने नहुने बताउछन । कोरोनाको कारण समयसिमा घटाएको र महोत्सव अबधिभर स्वास्थ्य मापदण्डलाई भने पुर्ण रुपमा पालना गरिने गौतमको भनाई छ ।
“यसपल्ट पनि लेकसाइडको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने छ । कोमागाने पार्कमा भने पहिलेजस्तो फान पार्क, लोकदोहोरी र राति लाइभ कन्सर्ट यसपल्ट हुने छैन । तीन किलोमिटर क्षेत्रलाई ३ बजेबाट १० बजेसम्म ‘नो भेइकल जोन’ बनाइने छ । उक्त क्षेत्रमा ३ स्थानमा स्टेज राखेर सांस्कृतिक कार्यक्रम हुने छन् । ठाउँठाउँमा कोभिड–१९ सम्बन्धी डिसप्ले बोर्ड राखिनेछन् । डुंगा दौड, टेनिस टुर्नामेन्ट, तारो हान्ने खेल, बिच भलिबल प्रतियोगिता महोत्सव अवधिमा हुने छन् । आतिसबाजीको लागि भने समन्वय भइरहेको उनले बताए ।
रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले सडक महोत्सवको लागी प्रशासनबाट अनुमति पाइसकेको बताए ।महोत्सवमा गतवर्ष झैँ लाखौँको संख्यामा पर्यटक आउने आशा आयोजकले लिएको छ ।