Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाग्लुङ बरेङ गापाले संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न सुत्केरीलाई भाले र घ्यु

बाग्लुङ बरेङ गापाले संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न सुत्केरीलाई भाले र घ्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

पौष २, २०७७ बिहिवार • १२:२३:३८ बजे
  • 1.8K
    SHARES
  • बाग्लुङ बरेङ गापाले  संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न सुत्केरीलाई भाले र घ्यु
    बाग्लुङ । सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्‍याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

    गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।

    गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु कार्यक्रम प्रभावकारी देखिएपछि यस वर्ष पनि उपहारको कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।

    संस्थागत सुत्केरी र मातृशिशु मृत्युदर कम गर्न गाउँपालिकाले कार्यक्रम बनाएको छ ।

    साथै गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गर्भवतीलाई अण्डा तथा आयोडिन नून वितरण र ‘उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम’ चालू वर्षमा सञ्चालन गरिएको छ ।

    गाउँपालिका उपाध्यक्ष डिलकुमारी पुनले सुत्केरी र गर्भवतीका लागि गाउँपालिकाले यो कार्यक्रमअन्तर्गत घरघरमै पुगेर भाले उपहार दिने गरेको बताउनुभयो ।

    चालू वर्षको पछिल्लो पाँच महिनामा सो गाउँपालिकामा ६१ सुत्केरीलाई भाले वितरण गरिएको छ ।

    छुटेका केही सुत्केरीलाई वितरणको तयारी भइरहेको अध्यक्ष शर्माले बताउनुभयो । रासस

  • सम्बन्धित विषय:

  • # सुत्केरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology