शेर सुनार - मेरो उमेर त्यति बेला भर्खर आठौं बसन्तमा चलिरहेको थियो । म अलि बढी साथीभाई संग खेल्न रुचाउने स्वभावको थिए । हरेक बर्षझै त्यो बर्ष पनि मेला लाग्ने समय आयो । त्यहाँ धेरै मान्छेको आगमन थियो । सबै तिर रमाइलो छाएको थियो । सबै साथीहरु नयाँ कपडा लगाएर आ-आफ्नो तरिकाले रमाइ रहेका थिए । म पनि त्यही हुलमा उनिहरु संगै हराएको थिए । गाउँमा लाएको मेला नाचगान रमाइलो थियो, भने अर्को तिर धेरै मान्छे मिलेर खाना बनाइरहेका थिए । टाढैबाट हेरेर थाह पाए यो सबै परिकार पाहुनाका लागि रहेछ । त्यो तामझाम देख्दा मनमा लागेको थियो । यो दिन, यो मेला, यो रमाइलो महिना महिनामा आभास झै लागेको थियो । साथिहरु संगै खेल्दा खेल्दै त्यही ठाउ तर्फ गयौ । ठुला भाडामा केही परिकार बनायर राख्न सम्म भ्याइ सकेका रहेछ्न । हामी खानामा भन्दानी एक अर्कामा खुब रमाइ रमाइ खेलेका थियौ । कसैको प्रवाह नगरी त्यतिनै खेर एक हुल मान्छे त्यही परिकार भएको भाडामा नजर लगाउदै अगाडी जाँदै थिए । अचानक एक जना दाइले मेरो गालामा बेस्सरी हान्न्नु भयो । वरिपरिका मान्छेको आँखा मै माथी थियो । एकजना दिदिले मेरो नाम लिएर छातिमा धकेल्दै थिए । म बोलिन म त बेहोस भएको रहेछु । शरिरमा पानि राखिदिएका रहेछन जब म होसमा आउदा । मेरा साथिहरु म तिर हेरेर बसेका थिए । अलि मलिन स्वभाबले मलाइ हान्नी मान्छे र एक दिदिको थोरै मुख जुध्यो दिदी रिसाइदिनु भयो अर्कि दिदी आएर मलाइ भन्नू भयो बाबू त सानो जातको मान्छे होस । यिनिहरुले बनाएको तैले छुनुहुदैन । हेर्त सबै खाना खेर जानी भयो, अब भन्दै मैले छोएको खाना अलिकती पोको पारेर मलाइ दिनु भयो । अनि घर जान भन्नू भयो । पानीले गर्दा जाडो भएको थियो । गालामा त्यो चोटले गर्दा दुखाइ बढ्दै थियो । मलाइ सुनिएको झै महसुस भएको थियो तर त्यो सत्य रहेछ । सायद मेरा गाला राता राता भएका थिए होला । त्यो रमाइलो माहोल साथिहरुको साथ एकै पलमा हराइ गयो । त्यो दिदिले भुइमा राखिदिएको भातको पोको हेर्दै लिएर घर जान भन्नू भयो आँखामा आँसुको मुल फुत्न सुरु भयो, लुकाउने बहानामा घोप्तो परि भातको पोको उथाए एक हातले पोको सम्हाले अर्को हातले आँखाको आँसु सम्हाल्दै आफ्नो बाटो लागेको थिए ।
संगै रूममा बस्ने दाजुले एक दिन गफ गर्नी क्रममा आफ्नो जिबनमा भोगेको नमिठो क्षण सुनाउदै भावुक हुनुभयो । मपनी आखिर त्यो समुदाय देखि टाढा थिएन । त्यसैले हामिदुबै जना धेरै भावुक भयौं । साँची त्यो रातभरी निद्रा लागेको थिएन । त्यो दाजुले भोगेको घटना सायद बीस वर्ष भन्दा पहिलेको थियो । आज आएर फेरि यो रुकुममा घटेको जातीय विभेदको कारण यो मन दुखेको छ । कुरो जाती पातिको होइन, कुरो विभेद असमानता अन्याय दमनकारी व्यवहार हो । कुनै जाती अवश्य पनि आफैमा खराब हुन्छ्न भन्ने मलार्इ लाग्दैन । आखिर दलित माथी यस्तो किन हुन्छ ? आज सबै तिर चासोको विषय बन्न आवश्यक छ । आज यो समुदायको मान्छेले फरक तरिकाले सोच्न बाध्य बनाएको छ । हामी बीस वर्ष पछि हेर्दा आखिर के फरक पायौ त ? समय थप जटिल बन्दै गएको छ । हिजोको त्यो सामन्ती युगमा निरंकुश शासनसत्ता थियो । उनिहरुलार्इ न्याय थिएन । क्रूर अपराध पनि एक बोतल रक्सी र एक भाडो महिमा मिलाइथ्यो । मलखादमा बसेर खाना खान्थे । भैसिको गोठमा सुतेर धेरै पिडा सहेर जिबिका चलाउन बाध्य थियो । आज देशमा अमुल्य परिवर्तन भएका छ्न । गणतन्त्र आयो भन्छ्न, विभेद हटायौ भनेका छ्न । तर सबैतिर न गाउँ न बजार गाउँ गाउँमा पन्चायत मुखिया जस्तो बनेर जंग बहादुरको मुलिकी ऐन कानुन भन्दा माथी उठ्न दिएका छैनन । यो वास्तविक हो तर आज यो चेतनशिल पुस्ताले यो चाहादैनन् । स्वतन्त्रता चाहान्छ्न, अधिकार चाहान्छ्न, समानता चाहान्छ्न, मान्छे दुइ समान हैसियत चाहान्छ । यसो गर्दै गर्दा बिडम्बना फेरि हजारौ नबराजको रुकुममा जस्तो हालत हुन्छ । समयमानै सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।
कतिपयले भन्छन, यो विभेद आफै अन्त्य हुन्छ । यसैको कारण हो, त्यसो भए हाम्रो समाजले कस्तो शिक्षा दिएको छ त भन्ने हो । आज यस्तो अपराध यदी घटेको छ भने धर्मको अहमताको आडमा शिक्षित भनिएका मान्छेहरु बाट घटेको विभेद्को विरुद्ध ठुला ठुला आन्दोलन भए । हजारौं मरे केको लागि थियो त ? साँची उनिहरु चाहन्थे भाबी आउदा दिनमा यो विभेद को अन्त्य होस । मान्छे संग मान्छे छोइने कुसंस्कारमा अल्झियर हाम्रो समाज नबसोस् आमूल परिवर्तन होस् र हाम्रो समाजबाट राम्रो शिक्षा पाउन, हाम्रो भाबी पुस्ताको पनि अरु सरह समान हैसियत रहोस् । यही समाज देखि राम्रो नेता जन्मियोस् या बैज्ञानिक जन्मियोस् भन्ने नै सहिदको चाहाना थियो ।
परिवर्तन नभएको भने होइन, हामी परिवर्तन के लार्इ भन्ने हो ? गणतन्त्र छ छुवाछूत विभेद मुक्त देश घोषणा गरिएको कानुन छ । सम्बन्धित निकाय छ । स्थानीय सरकार छ । यसैलार्इ मान्नेकी समाजमा मान्छेको दैनिक दैनिकी कसरी बितेको छ ? जहाँ गरिबीका रहन सहन त्यहि पुरानो अवस्थामा गुज्रिएको छ । लेखिएका देखिएका बोलिएका चिज भन्दा फरक अवस्था मान्छे जिउन बाध्य छ्न । यो प्राचीन निरंकुश सामन्ती शोषकको समय देखि राज्यले गरिएको विभेद हो । यो अहिलेको रुपान्तरित समयमा छिटै समाधान गर्न सक्छ । समुदायमा सबैको हैसियत मान्छेको जस्तो बनाउन सक्छ । तर राज्य चाहदैन । विभेद मुक्त घोषणा गरेकोपनी एक दशक भयो । कुनै तरिकाले हाम्रो समाजमा किन भयो त अमुल परिवर्तन ? मैले देखेको दलित आयोग कार्यान्वयन गराउने निकाय संयन्त्र त्यस्तो किसिमको जनचेतना स्थानिय सरकारको पहल बिना यो रुप परिवर्तन हुन सक्दैन । आज विभेद मुक्त राष्ट्र होइन, विभेद मुक्त व्यक्ती बनियोस् विभेद मुक्त गाउँ बनाइयोस् विभेद मुक्त समुदाय होस् । येन कानुन त छ तर तल्लो बर्गका मान्छेलाई यो कानुनले छुन सकेको छैन र छुनी अवस्था पनि छैन ।
मान्छेहरुले विभिन्न तरिकाले विस्लेषण गर्छ्न । कुरो जसरी गर्दापनी हुन्छ । विभेद भएको जातजाती गरिबिले गर्दा धर्मको अदम अहमले गर्दा भुगोलले गर्दा नै हो । कानुनमा जे लेखेपनी आखिर राज्यको निकायले पनि त्यहि हेरेर काम गर्छन् । मान्छेले न्याय पाउँछ भन्ने कुरो त हामी सबैलाई थाहा भएको कुरो हो र यसो हुदा सबै भन्दा पहिले राज्य जिम्मेवार हुन आवस्यक छ । साथै यहाँका नागरिक समाज बुद्धिजीवी बर्ग संचार जगत सबैले समाजमा मान्छेलार्इ पशु होइन साँची एक्काइसौं शताब्दिको मानव बनाएर उभ्याने हो भनी उतिकै भुमिका छ । निरंकुश शासन व्यवस्थामा बरु सति जानी प्रथा हटाइएको थियो । आज यो गणतान्त्रिक मुलुकले कुनै समुदाय धर्म कुसंस्कार बेथिति राजनीति दल भुगोल भन्दा माथी रहेर सोच्नुपर्छ, भन्ने मलाई लागेको छ । दलित आधिकार कर्मी साथीहरु लगायत दलित संघ लगायत दलित संघ सस्थाका साथिहरुलार्इ मेरो अनुरोध छ । समाजमा अप्रिय घटना घट्यो भने दोबाटोमा आएर कराउने, सामाजिक सन्जालमा अनुहार बिगार्ने अन्तत बिभिन्न राजनितिकदलको मिठो मसिनो खाएर चुपचाप बस्ने यो प्रकिया धेरै लामो भयो । तपाईहरुले धेरै उपलब्धि थान्नु होला कानुन सम्बत बनायौ धेरै गरेछौ भन्नुहोला तर उपलब्धी के लाई मान्नी फरक आफ्नो समाज नियाल्नु होला । तपाईहरु दोबाटोमा आएर कराउने अवस्थामा परिवर्तन होस आज सम्म कराएर के पायौ ? समुदायमा बितेको जीवनस्तरमा के फरक भयो ? राज्यको यो व्यबस्थाले मान्छेलाई स्वतन्त्र अधिकार सम्पन्न बनाउन चाहदैन भने एकचोटि सबै दलित जागो बन्दुक बोक्न थालौ । हामीले एक पटक साहस त गरौं । आउदा भावी पुस्ताको लागि एक समानता न्यायोचित मानव हैसियत सहितको विभेद मुक्त बिकसित समाजको लागि संघर्ष गरौं । आधिकार सजिलै मागेर रोयर, अनुहार बिगारेर पाउनी चिज होइन, यसरी आमूल परिवर्तन होलाजस्तो मलाई लाग्दैन । साँचिनै यो जातिय व्यबस्था सहितको यो पुरानो अवस्था र तिनै पुराना राजनीतिकदलहरु बाट यो विभेद मुक्त समाजको कल्पना गर्न सकिँदैन भन्ने बिस्वास रहेन भन्नी म दलित अधिकारकर्मी र विभिन्न पदमा रहेर काम गर्नी दलित साथीहरुलाई म एउटा प्रश्न गर्न चाहान्छु । चुनाबको बेला कहाँ जानू हुन्छ ? मान्छे मरे भनी कुनै घटना भयो भने मात्र निक्लने यो आवाज चुनाबको बेला किन यो तपाईंहरुको लागि ठुलो मुद्दा बन्न सकेन ? तपाईंहरुले पाटीको झन्डा बोकेर भोट हाल्दै गर्दा किन भन्न सक्नु हुन्न ? हामी मासु र वियर खादैनौ हाम्रो समाजलाई विभेद मुक्त गराइयोस भनेर भोट दिने किन ? जनप्रतिनिधि केका लागि ? हामीमा भएको यतिठुलो समस्याको समाधान हुन्न भने भोट दिने नदिने आ-आफ्नो अधिकारको कुरो हो । खोर्इ त्यो बेला विरोध गरेको नेपालको कुन ठाउ, कुन समाजबाट उठेको छ ? यस्तो कुरा यहि नै हाम्रो कमजोरी मलाई लाग्दैन । कृपया दलित शब्दलाई मागिखानी भाडा नबनाइयोस । साचिनै रुकुमको भेरीनदिको किनारमा नबराजको शव जल्दै गर्दा हजुरहरुलाई यस्तो घटनाले तपाईहरुको आत्मा जल्छ भन्नी इतिहासको यो असल मान्छे असल नेता असल अभियान्ता आफुलाई बनाउन चाहानु हुन्छ भनी हिक्मत गर लुकायर राखेको विभेदकारी जातिय व्यबस्थाको विरुद्ध एक पटक जुटौ अहिलेको समयको माग हो ।
रुकुम घटनालाई हेर्दा यो एक प्रतिनिधि घटना हो । तर पहिलो भने होइन आफुलाई कथित ठुलोजात थान्ने बाउसापहरुले विभिन्न बहानामा यसरि नै दलित या साना जात माथी अन्याय गर्दै आएका छन, मार्दै आएका छन, अनि यस्ता अपराध विभिन्न बहानामा दबाएर राख्दै आएको कुरो कुनै नौलो भने होइन यस्ता घटना उनिहरुको लागि सामान्य हो । जहाँ धर्ममा पनि दलितलाई मारे पाप लाग्दैन भनिएको छ । म जनार्दन शर्मालाई भन्न चाहन्छु तपाईले हिजो यहि व्यवस्थाको विरुद्ध युद्ध गर्नु भयो कि अपराध गर्नु भयो ? यो समयले पुष्टि गर्दैछ । तर हजुरलाई कहिले शान्तिको नाममा कहिले क्रान्तिको नाममा मान्छे मार्ने अधिकार कसरी छ ? आज फेरि तपाई तिनै बाउसाप बन्नी कोसिस गर्दै हुनुहुन्छ । अति नै दुखको कुरो यहि हो एक मुक्ती आन्दोलन र सहिदको सपनालाई भेरी नदिमा बगाउनु भएको छ । अवश्य पनि एक दिन हजुरले कडा मुल्य चुकाउनु पर्ने छ र यहाँका युवा शिक्षित बर्ग लगायत समुदायका सबै मान्छेले परिवर्तनको लागि आ आफ्नो ठाउदेखी जातिय व्यबस्थाको विरुद्ध नलडे सम्म परिवर्तन धेरै टाढाको सपना हुनेछ ।