Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बहिनी जबरजस्ती बलात्कारको आरोपमा दाजु पक्राउ

बहिनी जबरजस्ती बलात्कारको आरोपमा दाजु पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७७ सोमवार • २०:०३:४५ बजे
  • 1.7K
    SHARES
  • बहिनी जबरजस्ती बलात्कारको आरोपमा दाजु पक्राउ

    बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।  नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    images

    पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology