Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीतिक एकप्रकारको वेस्यावृती हो !

राजनीतिक एकप्रकारको वेस्यावृती हो !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • १३:५१:१९ बजे
  • 2.1K
    SHARES
  • राजनीतिक एकप्रकारको वेस्यावृती  हो !

    रामचन्द्र तिम्सिना 
       (आवाज)

    हिजो अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा थियो भने निकट भविष्यमा चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा हुनेछ । 
    रणनीतिक दृष्टिले नेपाल चीन र भारत मध्य अत्यन्त संवेदनशील अवस्थामा छ र आउँदा दिनहरूमा काठमाडौँ अर्को "काबुल" बन्ने सम्भावना देखिँदै छ। 

    अधिनायकवाद र साम्यवाद शब्द फरक फरक तर अर्थ एकै दुवै तानाशाही नै हुन् । उदारता, स्वतन्त्रता, सामाजिक न्याय, प्रजातन्त्र र परम्परागत धर्म-संस्कृतिको रक्षाभन्दा आफू शक्तिशाली बन्ने चाहना धेरै हुन्छ ।  स्टालिन, लेनिन, माओ, ब्रेझनेभ, खुश्चेभ, चाउचेस्कु, फिडेल क्यास्त्रो आदिको चरित्र मुसोलिनी वा इदी अमिनको भन्दा पृथक् थिएन । 

    फरक मत राख्नेहरूलाई निर्मूल पार्न चाहन्थे उनीहरू ।  त्यो रोग नेपालका कम्युनिस्ट र गैरकम्युनिस्टहरूमा पनि सरेको छ । 
    सत्ताको बिछ्यौनामा सँगै सुतेपछि कांग्रेस–कम्युनिस्ट र पुराना राजतन्त्रवादी सबैमा त्यस्तो ‘सुलसुले’ सल्किएको छ । त्यसैले उनीहरूको छुट्टै चरित्र देखिँदैन । अहिले देखिएको राजनीतिक तिक्तता  नैतिकता, सिद्धान्त र आदर्शमा आधारित नभएर सत्तास्वार्थमा मात्रै केन्द्रित भएको देखिन्छ ।  यो एकप्रकारको राजनीतिक वेश्यावृत्ति नै हो। 

    एउटै दल फरक फरक धारमा एउटै नेतृत्व फरक फरक सिद्धान्तमा। आज एउटासंग भोलि अर्कोसंग स्थिर उदेश्य छैन दिगो लक्ष्य भेटिदैन अझ भनौं त भरपर्दो दर्शन छैन। शक्तिमा कसरी पुगौं र मोज गरौं भन्ने ध्यानमा उद्दत झुण्डहरु राजनीतिक वेस्या हुन।

    आधारातमा पोईल हिड्ने कथित राजनीतिज्ञहरूको न कुनै दर्शन छ न कुनै सिद्धान्त ।  पदका निम्ति ‘गिलो जति सबै हलुवा’ हुन्छ भनेर कु-तर्क पस्किनेहरू मात्रै छन् ।  कानुनको "नौं सिंग" भने झै आफ्नो अनुकुल व्याख्या गर्न र गराउन अभ्यस्त छन् ।
    आफू सत्तामा नजाँदा र आफुले सत्ता छोड्दा आकाश नै खस्छ भनेर प्रचार गर्नेहरू पनि छन् ।  चुनाव नहुँदा गणतन्त्र नै  संकटमा पर्छ भन्दै प्रचार गर्ने कथित पञ्चेहरूको हुल सत्तामा गएको छ ।  भोलि सत्ताबाट बाहिरिनु पर्दा गणतन्त्र बचाउनका लागि सत्ता त्यागेको तर्क गर्न समेत पछि पर्दैनन्। आफू सत्तामा नहुँदा नेकपाले लुट्यो भनेर जनमत खोज्ने लुटाहा कांग्रेस पार्टी पनि छ। च्याँखे थाप्नेहरु झन कतिकती प्रधानमन्त्री र मन्त्री कुर्सिका लागि लोग्नेसंग सुतेका पनि उठेर जान्छन्।
    के अब यिनिहरुलाई अझै पनि  सतिसावित्री मानेर पुज्दिनु पर्ने होर ?

    केपि ओलिको अधिनायकवादि चरीत्रका विरुद्ध पक्ष विपक्षमा उभिनेहरु अर्को बिकाउ पुँजी हुन तसर्थ यिनिहरु पनि "राजनीतिक वेस्या" नै हुन ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology