पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट ७ सय ४२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ३ सय ५१ जनामा गरिएको पिसिआर परीक्षणमा ४ सय ४८ पुरुष र २ सय ९४ महिला गरी ७ सय ४२ जना थपिएका हुन् ।
योसँगै कूल संक्रमितको संख्या दुई लाख ५४ हजार ५ सय १४ पुगेको छ ।