Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

क्रोमका प्रयोगकर्तामाथि जासुसी

क्रोमका प्रयोगकर्तामाथि जासुसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७७ शुक्रवार • ०९:३३:०५ बजे
  • 1.5K
    SHARES
  • क्रोमका प्रयोगकर्तामाथि जासुसी

    मयूरपाटी -गुगल क्रोमका प्रयोगकर्तामाथि तीन करोड २० लाखभन्दा बढी डाउनलोड भएको एक्सटेन्सनको माध्यमबाट जासुसी भएको खुलेको छ ।

    images

    अवेक सेक्युरिटीले गुगल क्रोमका प्रयोगकर्तामाथि भइरहेको जासुसी पत्ता लगाएको हो । गुगल क्रोमले आफ्नो ब्राउजरलाई यस्तो आक्रमणबाट बचाउन नसकेको शोधकर्ताहरुले बताएका छन् ।
    मेल, पेरोल र अन्य संवेदनशील कामका लागि प्रयोग गरिने ब्राउजरलाई अल्फाबेटले बचाउन नसकेको उनीहरुको भनाइ छ । गत महिना शोधकर्ताहरुले चेतावनी दिएसँगै अल्फाबेटको गुगलले आधिकारिक वेब स्टोरबाट ७० हानिकारक विज्ञापन (एड)हरु हटाएको थियो । गुगलका प्रवक्ता स्कट वेस्टओभरले वेब स्टोरमा रहेका एक्सटेक्सनहरुले आफ्नो नीति पालना नगरेको पाइएसँगै उनीहरुलाई हटाउँदै त्यस्ता एक्सटेन्सनहरुलाई आगामी दिनमा रोक्ने गरी प्रणालीमा पनि सुधार गरिएको बताएका छन् ।

    गुगल क्रोममा पाइने अधिकांश फ्रि एक्सटेन्सनहरुले प्रयोगकर्तालाई फरक फरक किसिमको फिचर्स दिने गरेका छन् । यसमध्ये धेरैजसो कुनै फाइललाई एक फरम्याटबाट अर्कोमा कन्भर्ट गर्ने फंगसन रहेको पाइएको थियो ।

    अहिले भएको साइबर आक्रमणमा भने एक्सटेन्सनको माध्यमबाट प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्रि र अन्य आन्तरिक सूचनाहरु चोरेको पाइएको छ । यस किसिमका सूचनाहरु राष्ट्रिय जासुसी तथा संगठित अपराधको लागि प्रयोग हुनसक्ने जानकारहरुले चेतावनी दिएका छन् ।

    अहिलेसम्म यो आक्रमणमा कसको हात थियो भन्ने खुलेको छैन । एक्सटेन्सन निर्माताहरुले गुगललाई एक्सटेन्सन पठाउँदा गलत कन्ट्याक्ट सूचना दिएको अवेक सेक्युरिटीले बताएको छ ।

    गुगलले भने अहिले भएको आक्रमण कसरी भयो भन्ने विषयमा कुनै जानकारी दिएको छैन । यसअघि पनि गुगल क्रोमबाट लाखौं प्रयोगकर्ताको सूचना चोरी भएको पाइएको थियो ।

    स्रोत : रोयटर्स

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology